आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

पेन्सन बढी पाउने लोभमा गृहसचिवले दिए राजिनामा !

पेन्सन बढी पाउने लोभमा गृहसचिवले दिए राजिनामा !

  • शनिवार, माघ १८ २०७६

  • 6.0K
    SHARES

  • काठमाडौं– गृहसचिव प्रेमकुमार राईले राजीनामा दिएका छन् । अनिवार्य अवकाश पाउनुभन्दा एक हप्ताभन्दा कम समय रहेका राईले मुख्यसचिव लोकदर्शन रेग्मीसमक्ष राजीनामा पेस गरेका हुन् ।

    राईले माघ २२ गतेदेखि अनिवार्य अवकाश पाउँदै थिए, तर उनले बुझाएको राजीनामामा माघ २० गतेदेखि लागू भन्ने व्यहोरा उल्लेख गरेको स्रोत बताउँछ । २०४९ साल अगाडि निजामती सेवामा प्रवेश गरेका कर्मचारीले राजीनामा दिँदा पेन्सन बढ्ने भएकाले राईले २ दिन अगावै राजीनामा गरेका छन् । २०४९ अगाडि नै निजामति सेवा प्रवेश गरेका राईले तत्कालीन नेपाल निजामति सेवा ऐन, २०१३ अनुसार निवृत्तिभरण पाउने छन् ।

    राईसँगै अर्थ मन्त्रालयका सचिव राजन खनाल तथा सचिवहरू गजेन्द्र ठाकुर र रामकुमार आचार्यले पनि माघ २२ गतेदेखि अनिवार्य अवकाश पाउँदै छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, माघ १८ २०७६०३:२६:५४
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend