आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

चीनबाट फैलिएको कोरोना भाइरसले विश्वभर आपतकाल घोषणा

चीनबाट फैलिएको कोरोना भाइरसले विश्वभर आपतकाल घोषणा

  • शुक्रवार, माघ १७ २०७६

  • 4.9K
    SHARES

  • काठमाडौं – कोरोना भाइरसलाई लिएर विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले विश्वव्यापी स्वास्थ्य आपतकाल घोषणा गरेको छ । चीनबाट सुरू भएको कोरोनाको संक्रमण तीव्र गतिमा फैलन थालेपछि डब्लयूएचओले विश्व स्वास्थ्य आपतकालीन अवस्थाको घोषणा गरेको हो । चीनमा हालसम्म २१३ जनाको मृत्यु भएको छ । कोरोना भाइरसको संक्रमण चीनबाहिर १८ देशका ९८ जनामा संक्रमण भएको पुष्टि भएको डब्ल्यूएचओले जनाएको छ । विश्व आपतकालीन अवस्था घोषणा गर्नुलाई चीनमा फैलिएको संक्रमणभन्दा पनि अरु देशमा के भइरहेको छ भन्नेमा बढी केन्द्रित रहेको डब्ल्यूएचओका प्रमुख टेड्रोस अडनोम गेब्रियसले बताएका छन् । कमजोर स्वास्थ्य प्रणाली भएका देशमा फैलिएमा यो भाइरसले जटिल अवस्था ल्याउनेतर्फ पनि डब्ल्यूएचओले चिन्ता व्यक्त गरेको छ । वुहानमा पुष्टि भएका ४ हजार २२५ जनामा गरिएको अध्ययनअनुसार संक्रमण हुनेको औसत उमेर ५९ वर्ष रहेको छ भने ८९ प्रतिशत मानिस संक्रमण भएको कम्तीमा पाँच दिनपछि मात्र अस्पताल गएका छन् । संक्रमण हुनेमध्ये ५६ प्रतिशत पुरुष थिए । ५५ प्रतिशत संक्रमण समुद्री खानाबाट आएको थियो । डब्ल्यूएचओले यसअघि सन् २००९ मा स्वाइनफ्लु, सन् २०१४ मा पोलियो, सन् २०१६ मा जिका, तथा सन् २०१४ र सन् २०१९ मा इबोला संक्रमण गरी पाँच पटक विश्व स्वास्थ्य आपतकाल घोषणा गरेको इतिहास छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, माघ १७ २०७६०२:१८:४८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend