आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

नेविसंघका नेताले बालबालिकालाई बाँडे शैक्षिक सामाग्री, देशभरी प्रसंसा

नेविसंघका नेताले बालबालिकालाई बाँडे शैक्षिक सामाग्री, देशभरी प्रसंसा

  • बिहिवार, माघ १६ २०७६

  • 5.9K
    SHARES

  •  बैतडी– नेपाल विद्यार्थी संघका नेता रिजन मडैको परिवारले बुवाको सम्झनामा बैतडीको सुर्नयाको गाउँपालिका ५ को रौलेश्वर माध्यमिक विद्यालयका बालबालिकालाई पोसाक र कापीकलम वितरण गरेका छन् । १४ बर्ष अघि निधन भएका बुवा गणेश मडैको सम्झनामा छोराहरु रिजन मडै, मोहन मडै, लक्ष्मी मडै र छोरी मुना मडैले उक्त विद्यालयमा कक्षा १ देखि १० सम्म अध्ययनरत आमा तथा बुवा गुमाएका ४० जना बालबालिकालाई पोसाक र कापीकलम वितरण गरेका हुन् । रौलेश्वर मावि सुर्नया गाउँपालिका ५ रामकी बरायलमा एक कार्यक्रमको आयोजना गरी सरस्वती पुजाको अवसरमा विद्यार्थी पोसाक र कापीकलम बितरण गरिएको हो । स्वर्गिय मडैककी श्रीमती जयमती मडैले शैक्षिक सामाग्री प्रधानाध्यापक मार्फत वितरण गरिन् । गत बर्ष देखि नै उनीहरुले विद्यालयमा पोसाक र कापीकलम वितरण गर्दै आएका छन् । रिजन मडै नेविसंघ ११ औं महाधिवेशनमा महाधिवेशन प्रतिनिधि हुन् । यस्तै मोहन मडै जापान फुकुओकाको जनसम्पर्क समिति उपाध्यक्ष हुन ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, माघ १६ २०७६१०:२९:०४
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend