आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

आईजीपीको भर पर्दा डिआईजीको पद खुस्कियो

आईजीपीको भर पर्दा डिआईजीको पद खुस्कियो

  • बिहिवार, माघ १६ २०७६

  • 7.4K
    SHARES

  • काठमाडौं - गृह सचिव प्रेमकुमार राईको अध्यक्षतामा सोमबार बसेको बढुवा सिफारिस समितिको बैठकलेसशस्त्र प्रहरीका पाँच जना एसएसपीहरुलाई डिआइजीमा बढुवा सिफारिस गर्यो । एसएसपीहरु कृष्णभक्त ब्रह्माचार्य, वंशिराज दाहाल, हरिशंकर बुढाथोकी, किशोर प्रधान र राजेन्द्र बस्नेत डिआइजी बढुवाका लागि सिफारिसमा परे पनि एसएसपी हरिषचन्द्र अधिकारी भने बढुवा सिफारिसमा पर्न सकेनन् । सशस्त्र प्रहरी प्रमुख (आईजीपी) सैलेन्द्र खनालका निकट र विश्वासपात्र मानिएका एसएसपी अधिकारी किन डिआईजीमा सिफारिस हुन सकेनन् ? यहि प्रश्नले हलचोकमा खैलाबैला मच्चिरहेका बेला खनालकै कारण उनी बढुवामा पर्न नसकेको तथ्य प्राप्त भएको छ । पाँच जना एसएसपीले उच्चस्तरिय तालिम गरेका थिए । तर, अधिकारीले उक्त तालिम गरेका थिएनन् । झण्डै दुई वर्ष पहिले उक्त तालिम गर्नका लागि अधिकारीको नाम छनौट भएको थियो । तर, तत्कालिन एआईजी खनालले ‘तालिम गर्नु पर्दैन म आईजी भएपछि बढुवा गर्छु’ भनेर आश्वसन दिएपछि अधिकारीले उक्त तालिम नगरेको स्रोत बताउँछ । खनालको सोही आश्वसनलाई विश्वास गर्दा अहिले अधिकारी बढुवाबाट वञ्चित हुन पुगे । स्रोतका अनुसार अहिले अधिकारी आईजीपी खनालका काराण आफ्नो करिअर सक्कियो भन्दै उनै खनाललाई सराप्न थालेका छन् । खनालले सशस्त्र प्रहरी अस्पताल बलम्बुमा एसएसपी अधिकारीलाई नियम कानून मिचेर प्रमुख बनाएका थिए । प्राविधिक प्रमुख बन्नु पर्ने अस्पतालमा खनालले पहिलो पटक इन्फेक्ट्रीतर्फका अधिकारीलाई अस्पतालको प्रमुख बनाएका थिए । अस्पतालको प्रमुख बनेपछि अधिकारीमाथि उपकरणदेखि औषधी खरिदसम्म घोटला गरेको आरोप लागेको थियो । जग्गा खरिदको घोटलामा पनि मुछिएका एसएसपी अधिकारीसँग मिलेर कमिसन खानकै लागि आईजीपी खनालले बलम्बु पठाएको स्रोतको दावी छ । जसका कारण सशस्त्र प्रहरी अस्पतालमा भद्रगोल समेत भएको छ भने डाक्टर र नर्सहरु पनि आईजीपी खनालसँग असन्तुष्ट बनेका छन् । (आजको युनाइटेड पोस्ट साप्ताहिकमा खबर छापिएको छ) ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, माघ १६ २०७६०५:३२:०४
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend