आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

हत्या अपराधलाई राजनीतिकरण गर्दै कम्युनिस्ट मन्त्री योगेश भट्टराई !

हत्या अपराधलाई राजनीतिकरण गर्दै कम्युनिस्ट मन्त्री योगेश भट्टराई !

  • बुधवार, माघ १५ २०७६

  • 4.9K
    SHARES

  • टीकापुर – संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले कैलालीमा भएको टीकापुर घटनालाई राजनीतिक बताउँदै अपराधको राजनीतिकरण गर्न खोजेका छन् । टीकापुर घटनालाई आपराधिक बताउँदै जिल्ला अदालत कैलालीले दोषीलाई जेल सजाय सुनाइसकेको अवस्थामा अदालतको आदेश विपरीत कम्युनिस्ट मन्त्री भट्टराईले अभिव्यक्ति दिएका हुन् । सुदूरपश्चिम औद्योगिक व्यापार मेला तथा टीकापुर महोत्सव २०७६ को उद्घाटन समारोहलाई मंगलबार सम्बोधन गर्दै मन्त्री भट्टराईले अपराधलाई राजनीतिसँग जोडेका हुन् । ‘२०७२ सालमा भएको टीकापुर घटना राजनीतिक घटना नै हो । त्यसमा केही तत्वले खेलेको हुनसक्छ,’ उनले दाबी गरे, ‘विगतका तिता कुरा बिर्सनुपर्ने बेला आएको छ । परिवर्तनका लागि ज्यान गुमाउनेका परिवारलाई पीडा होला । सरकार पीडित परिवारको भावनाप्रति संवेदनशील छ ।’ टीकापुर घटनामा सशस्त्र प्रहरीका एसएसपी र नाबालकसहित ८ जना मारिएका थिए । प्रहरीको हत्याको घटना अदालतसम्म पुगेर घटनामा संलग्नलाई सजाय तोकिएको छ । तर कम्युनिस्ट मन्त्री भट्टराईले अपराधलाई राजनीतिसँग जोडेर वक्तव्यबाजी गरेका छन् । केही समयअघि नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समेत यस्तै अभिव्यक्ति दिएका थिए ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बुधवार, माघ १५ २०७६०२:०३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend