आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

सपथ खाने वित्तिकै सापकोटाले किन भेटे चिनियाँ राजदुत ? चौतर्फी विरोध

सपथ खाने वित्तिकै सापकोटाले किन भेटे चिनियाँ राजदुत ? चौतर्फी विरोध

  • मंगलवार, माघ १४ २०७६

  • 5.4K
    SHARES

  • काठमाडौं– नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले नवनिर्वाचित सभामुख अग्निप्रसाद सापकोटासँग भेट गरेकी छन् । सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा भएको भेटमा राजदूत यान्छीले सभामुख सापकोटालाई बधाई समेत ज्ञापन गरेकी छन् ।

    तर यसरी चिनियाँ राजदूत यान्छीले सभामुख सापकोटालाई भेटेर बधाई नदिनु पर्ने भन्दै विभिन्न तह र तप्कामा कुरा उठ्न थालेको छ। किनभने सापकोटाको नियुक्तिमा अन्तर्राष्ट्रिय समुदायले कडा आपत्ति जनाउँदै सरकारको यस्तो रवैयाको कडा आलोचना गरेको छ।

    चिनियाँ राजदूत यान्छीले यसरी हतार हतारमा बधाइ नदिइ आलोचना रोकिएको बेला भेटेको भए राम्रो हुने थियो की भन्ने प्रश्न अन्तर्राष्ट्रिय जगतमै उठ्न थालेको छ।

    यसरी चिनियाँ राजदूतबिरूद्ध एउटा समाचार नै प्रकाशित हुन सक्छ की उनले हतार हतारमा सभामुख भेटिन् भनेर। जसलाई विगतको अपराधिक रेकर्डका कारण नागरिक अधिकार संगठन, मानव अधिकार संगठन र मिडिया लगायत धेरै क्षेत्रले नकारात्मक दृष्टिकोणबाट हेरिरहेको छ।

    सापकोटाको निर्देशनमा मारिएका अर्जुन लामाको पत्नीले सापकोटालाई सभामुखको पदमा नियुक्त गरिएकोमा विरोध गरेकी छन्। सभामुख सापकोटाले सोमबार बिहान पद तथा गोपनियताको सपथ लिएका थिए । आइतबार बसेको संसद बैठकमा सापकोटा निर्विरोध निर्वाचित भएका थिए ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, माघ १४ २०७६०४:०९:२६
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend