आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

विवादमा तानियो राष्ट्रपति भण्डारीले उद्घाटन गरेको यतिको मस्कट, योगेशलाई धक्का !

विवादमा तानियो राष्ट्रपति भण्डारीले उद्घाटन गरेको यतिको मस्कट, योगेशलाई धक्का !

  • मंगलवार, माघ १४ २०७६

  • 5.8K
    SHARES

  • काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल भ्रमण २०२० को अवसरमा उद्घाटन गरेको यतिको मस्कट विवादमा परेको छ।

    नेपाल भ्रमण वर्ष सचिवालयले भ्रमण वर्षको प्रवद्र्धनका लागि भन्दै तयार गरेको मस्कट राष्ट्रपति भण्डारीले जनवरी १ मा उद्घाटन गरेकी थिइन्।

    दशरथ रंगशालामा भण्डारीले उद्घाटन गरेको यतिको मस्कटमा विभिन्न देविदेवताको मूर्ति बनाइएको भन्दै विरोध सुरू भएको हो। यतिको मस्कटप्रति सम्पदा क्षेत्रका व्यक्तिहरूले असन्तुष्टि व्यक्त गरेका छन्।

    काठमाडौं महानगरपालिका–६ का वडाअध्यक्ष दिपेन्द्र लामाले विज्ञप्ति जारी गरी विश्व सम्पदा सूचीमा सूचिकृत बौद्धनाथ स्तुपा परिसरमा काल्पनिक यतिको मस्कट बनाएर धार्मिक आस्थाको प्रतिक मूर्ति चित्र बनाइएकोमा आपत्ति जनाएका छन्। उनले यतिको मस्कटमा विदेशी पर्यटकहरूमा समेत भ्रम सिर्जना हुने देखिएको भन्दै गम्भिर ध्यानाकर्षण भएको जनाएका छन्।

    ‘नेपालको संविधानको धारा १७ (२) को १ ले समेत जातजाती, धर्म, सम्प्रदायवीच सु–सम्बन्धमा खलल पर्ने खालका क्रियाकलाप गर्न प्रतिबन्धित गरेकोले नेपाल भ्रमण वर्ष २०२० प्रति सम्पूर्ण नेपालीको समर्थन र ऐक्यबद्धताका साथ यसको प्रचार शैलीप्रति आपत्ति रहेकाले अब उप्रान्त प्रचार प्रसार गर्दा धार्मिक, सांस्कृतिक आस्थाप्रति आघात नपुग्ने गरी गर्न सम्बन्धित निकायप्रति यस वडा समिति माग गर्दछ,’ विज्ञप्तिमा भनिएको छ।

    त्यस्तै, इन्द्रजात्रा व्यवस्थापन समितिका अध्यक्ष गौतम शाक्यले पनि यतिको मस्कटप्रति आपत्ति जनाए। उनले धार्मिक आस्थाका प्रतिक देवी–देवताका मूर्ति चित्र बनाइएको भन्दै आफ्नो ध्यानाकर्षण भएको बताए।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, माघ १४ २०७६०२:५९:१३
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend