आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

'बोकेझार...' पछी आयो बसन्त थापाको 'सयको गुन तिरौला हजारैले...'

'बोकेझार...' पछी आयो बसन्त थापाको 'सयको गुन तिरौला हजारैले...'

  • शुक्रवार, माघ १० २०७६

  • 9.0K
    SHARES

  • काठमाडौँ- ब्यापक चर्चित गीतहरु बजारमा सार्बजनिक गरिसकेका सर्जक तथा गायक बसन्त थापाको लोकदोहोरी गीत सयको गुन तिरौला हजारैले बजारमा सार्बजनिक भएको छ । केहि दिन अगाडी मात्र गीतको टिजर सार्बजनिक गरेका थापाले आज भने गीतको फुल भिडियो सार्बजनिक गरेका हुन् । गीतमा बसन्त थापा र बिष्णु माझीको आबाज रहेको छ । प्रल्हाद सुबेदीको शब्द टपक्क टिपेर गीतको लय बसन्त थापाले नै गरेका हुन् भने गीतको संगीत संयोजन आशिष अविरलले गरेका हुन् । पछिल्लो समयमा ब्यापक चर्चा कमाउन सफल मोडल सुनिल क्षेत्रि र मरिस्का पोख्रेलको दमदार अभिनय देख्न सकिन्छ । भिडियोको निर्देशन सुनिल क्षेत्रिले नै गरेका हुन् भने भिडियोको कोरियोग्राफर दिपक एम सिंहले गरेका छन् । भिडियोको कथा बसन्त थापाले नै गरेका हुन् भने भिडियोको छायांकन नबराज उप्रेतीले गरेका छन् । अभ्यास डिजिटल मार्फत सार्बजनिक गरिको भिडियोको पोस्ट प्रोडक्सन जनता डिजिटल एण्ड फिल्म्सले गरेको हो । भिडियोको छायांकन कालिन्चोक आशपासमा गरिएको हो भने भिडियोको सम्पादन अमृत चापागाईको रहेको छ । पछिल्लो समयमा बसन्त थापाको ‘उही खोलीमा पानी‘ , ‘सालको पात‘।, ‘लोभी आँखा’, ‘बोकेझार‘ जस्ता निकै गीतहरु सबैको मन मुटुमा बस्न सफल भएका छन् । https://www.youtube.com/watch?v=dqzOIf61mFY

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, माघ १० २०७६१०:३१:५७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend