आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

इटहरीका कम्युनिस्ट मेयरले जागिर दिन्छु भन्दै अपांग युवालाई यसरी ढाँटे !

इटहरीका कम्युनिस्ट मेयरले जागिर दिन्छु भन्दै अपांग युवालाई यसरी ढाँटे !

  • शुक्रवार, माघ १० २०७६

  • 6.1K
    SHARES

  • इटहरी– इटहरी उपमहानगरपालिकाका मेयर द्वारीकलाल चौधरीले जागिर दिन्छु भन्दै एक अपांग युवालाई ढाँटेका छन् । चौधरीले घरैमा पुगेर जागीर दिन्छु भनेका अपांग युवा रोजगारीको खोजीमा भौतारीरहेका छन् । इटहरी–२ का मानबहादुर भुजेल अहिले पनी जागीरकै खोजीमा छन् । २०७५ कार्तीकमा इटहरी उपमहानगरपालिकाका मेयर चौधरीले उनको घरैमा पुगेर जागीर दिने प्रतिबद्धता जनाएका थिए ।

    मेयर चौधरी अनुगमनको क्रममा उनको गाउँमा पुगेका थिए । सोही क्रममा उनको घरमा पसेका मेयर चौधरीले जागीर लगाइदिने बचन दिएकाृ भुजेल बताउँछन् । मेयरसंगै गएका उनका प्रेस सल्लाहकार लिलाराज भट्टराईले मेयरसंग केही माग राख्न मन लागे राख्नुस् भनेपछी आफुले जागीर लगाइदिन भनको उनको भनाई छ ।

    बिहीबारको दिन मेयरले बचन दिएपछी उनी दुइदिन पछी अर्थात आइतबार नै नगरपालिका पुगेर बायोडाटा बुझाएको उनले बताए । आफ्नो पढाइ र क्षमता अनुसार रोजगारी दिन भनेको उनी बताउँछन् । हाल सम्म जागीर नपाएपनि मेयर चौधरीले बचन खेर जान नदिनेमा उनी आशाबादी छन् । आफु अरु केही पनि गर्न नसक्ने भएपछी अफीसमा काम गर्न भने सक्ने बताएको र सोही अनुसारको जागीर खान योग्य रहेको उनी बताउँछन् । केही दिन अगाडी अपांगता परीचयपत्र बुझ्न उपमहागरको कार्यालयमा आएका उनले फेरीपनि मेयर साबले जागीर दिने बचन दिनु भएको बताए । सकेसम्म चाडैं जागीरमा जान पाए मन खुसी हुने उनी बताउँछन् ।

    डेढ बर्ष देखी एउटा हात र दुवै खुट्टा नचल्ने भएका उनी ह्वील चेयरको सहायताले हिडडुल गर्छन् । स्कुटर र ह्वील चेयर चड्न पनि अरुको सहारा लिनुपर्ने भएपछी केही काम त गर्नै पर्ने महसुस भएको उनी बताउँछन् । हाल उनी स्नातक तह तेस्रो बर्षमा अध्ययनरत छन् । नियमीत कक्षाकोठामा उपस्थित भएर पढेका उनी जागीर पाए आउन जान समस्या नहुने सुनाउँछन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, माघ १० २०७६०३:४२:०२
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend