आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

दलबल सहित राप्रपा नेता सुनिल थापा कांग्रेस प्रवेश गर्दै !

दलबल सहित राप्रपा नेता सुनिल थापा कांग्रेस प्रवेश गर्दै !

  • बुधवार, माघ ८ २०७६

  • 12.8K
    SHARES

  • काठमाडौं– राप्रपा (संयुक्त) का महामन्त्री तथा पूर्वमन्त्री सुनिल बहादुर थापाले कांग्रेस प्रवेश गर्ने तयारी गरेका छन् । थापा सहितका एक दर्जन प्रभावशाली नेताहरुले नेपाली कांग्रेसमा प्रवेश गर्ने तयारी गरेका हुन् । स्रोतका अनुसार पार्टी प्रवेशका लागि नेता थापासँग कांग्रेस सभापति शेरबहादुर देउवा आफैंले चरणवद्ध छलफल गरेका छन् ।

    थापाले देउवासँग आफूलाई महामन्त्री दिन आग्रह गरेका छन् । देउवापनि उनलाई महामन्त्री बनाउन तयार रहेको बुझिएको छ । तर, बरिष्ठ नेता रामचन्द्र पौडेल समूहले कुनैपनि हालतमा महामन्त्री दिन नहुने अडान राखेको छ ।

    थापा सुर्य बहादुर थापाका छोरा हुन् । उनी सुरुदेखि नै गणतन्त्रवादी नेताको रुपमा चिनिएका छन् । राप्रपा (संयुक्त) पछिल्लो समय हिन्दूराष्ट्र र राजसंस्थाको पक्षमा उभिएपछि थापा रुष्ट बनेका थिए ।

    उनले पार्टीभित्र संघीय लोकतान्त्रिक गणतन्त्रलाई बलियो बनाएर जानुपर्ने आवाज उठाउँदै आएका छन् । तर, उनको आवाजको कुनै सुनुवाई नहुने भएपछि उनी कांग्रेस प्रवेशको तयारीमा जुटेका हुन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बुधवार, माघ ८ २०७६०३:५२:२८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend