आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

कांग्रेसबाट निर्वाचित वडाध्यक्षको आकस्मिक निधनपछि गाउँ नै शोकमा

कांग्रेसबाट निर्वाचित वडाध्यक्षको आकस्मिक निधनपछि गाउँ नै शोकमा

  • मंगलवार, माघ ७ २०७६

  • 6.1K
    SHARES

  • सप्तरी – नेपाली कांग्रेसबाट निर्वाचित जिल्लाको अग्निसाईर कृष्णासवरन गाउँपालिका वडा नम्बर १ का वडाध्यक्ष सुशीलकुमार चौधरीको निधनले गाउँ शोकमा परेको छ । सोमबार दुर्घटनामा परेर चौधरीको निधन भएपछि गाउँपालिका कार्यालयले मंगलबार बिदा दिएको थियो । निधनपछि अन्तिम श्रद्धाञ्जलीका लागि चौधरीको शवलाई मंगलबार गाउँपालिका कार्यालयमा राखिएको थियो । सोमबार राति १० बजे दुर्घटनामा परेर घाइते भएका वडाध्यक्ष चौधरीको उपचारका क्रममा मृत्यु भएको थियो । आफन्तको घरमा निम्तो मानेर घर फर्कने क्रममा पूर्वपश्चिम राजमार्ग अन्तर्गत जण्डौलमा मोटरसाइकल दुर्घटना हुँदा चौधरीको मृत्यु भएको हो । घाइते चौधरीको कन्चनरुपस्थित धर्मेश्वर अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारका लागि राजबिराज ल्याउने क्रममा बाटोमा मृत्यु भएको ईलाका प्रहरी कार्यालय कञ्चनरुपका प्रहरी नायव उपरीक्षक (डीएसपी) मकेन्द्रकुमार मिश्राले बताएका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, माघ ७ २०७६०२:४८:१२
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend