काठमाडौं – आईएमएस ग्रूप नेपालमा लिनियर फ्ल्क्सका लागि एक मात्र आधिकारिक बिक्रेता बनेको छ ।
डाक्टर र मोन्स्टर प्रोडक्टस्का इन्जिनियरहरूले बनाएको लिनियर फ्ल्क्स हेडफोनको एक ब्राण्ड हो, जसले वायरलेस हाइपर डेफिनेशन अडियोको अनुभव दिनेछ ।
निरन्तर दुई वर्षको अनुसन्धान र प्रविधि विकासपछि अमेरिकन ब्राण्ड लिनियर फ्ल्क्स आधिरकारीक रुपमा सुरू भएको हो ।
लिनियर फ्ल्क्स हाइपर सोनिक एक वायरलेस हेडफोन हो, जुन सक्रिय जीवनशैलीको लागि बनेको हो । यस हेडफोनलाई लेडी गागा, डा. ड्री, पफ डेडी, ब्ल्याक आई पीस, फार इस्ट मुभमेन्ट, जय छउ, वन्डर गर्ल जस्ता सांगीतिक क्षेत्रका महान् हस्तीहरुबाट परीक्षण भएको छ ।
यसको डीएल ०१ इमर्जिभ ध्वनि इन्जिनको विशेषताले संगीतको स्पष्टता बढाउँछ र बेसको लागि उपयुक्त रहेको छ ।
लिनियर फ्ल्क्स हाइपर सोनिक पानी प्रतिरोधी छ र यसमा कुनै पनि रिचार्जवल केबुलहरूको आवश्यकता पर्दैन ।
हाल कम्पनीले लिनियर फ्ल्क्स उत्पादनहरू स्मार्टडोकोमार्फत उपलब्ध गराएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।