काठमाडौं – धादिङ जिल्लाको ज्वालामुखी गाउँपालिका–४ स्थित तीर्थस्थल ढोला मण्डलीमाईको दर्शन गरेर फर्किंदा भएको दर्दनाक दुर्घटनामा ६ जनाको मृत्यु भएको छ ।
दर्शनार्थी चढेको ग१ख ८०१२ नम्बरको मिनी ट्रक निलकण्ठ नगरपालिका–८ मा दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ भने ३२ जना घाइते भएका छन् ।
दुर्घटना भएको मिनी ट्रकमा निलकण्ठ नगरपालिका–२ भुलभुलेका वासिन्दा रहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक (एसपी) रवीन्द्र रेग्मीका अनुसार गम्भीर घाइतेलाई उपचारका लागि हेलिकप्टरबाट काठमाडौं पठाइएको छ । अन्य घाइतेको जिल्ला अस्पताल धादिङमै उपचार भइरहेको छ ।
घाइते भएकामध्ये १५ जनालाई उपचारको लागि काठमाडौं ल्याइएको छ । दुर्घटनामा ६ जनाको ज्यान गएको छ भने ३२ जना घाइते भएका थिए । ट्रकमा करीब ४० जना यात्रु रहेका जनाइएको छ । तीब्र गतिका कारण ट्रक दुर्घटना भएको प्रहरी अनुमान छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।