आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

अग्नी सापकोटाले सभामुखमा उम्मेदवारी दिएपछि विच्किए कानुनविद, दिए खतरनाक अभिव्यक्ति

अग्नी सापकोटाले सभामुखमा उम्मेदवारी दिएपछि विच्किए कानुनविद, दिए खतरनाक अभिव्यक्ति

  • मंगलवार, माघ ७ २०७६

  • 7.7K
    SHARES

  • काठमाडौं– व्यक्ति हत्याको अरोप लागेका अग्नी सापकोटाले प्रतिनिधीसभाको सभामुखमा उम्मेदवारी दिएपछि कानुनविद्हरुले आपत्ति जनाएका छन् । फौजदारी अभियोग लागेको व्यक्तिलाई सार्वभौमसत्ता सम्पन्न संसदको सभामुख बनाउँदा कानुनी राज्यको उपहास हुने भन्दै उनीहरुले आपत्ति जनाएका हुन् । संविधानबिद् डा. बिपिन अधिकारी अदालतमा तारेख खेपिरहेको मान्छेलाई सार्वभौमसत्ता सम्पन्न संसदको सभामुख जस्तो पदमा राख्दा संसदको गरिमामा नै आँच आउने बताउँछन् । संविधानविद् डा. भीमार्जुन आचार्यले फौजदारी मुद्दाका आरोपी व्यक्ति सार्वजनिक पदमा बस्नु भनेको संविधानको मर्म र भावना विपरित हुनुका साथै कानुनी राज्यको उपहास पनि भएको बताए। मानवअधिकारकर्मी चरण प्रसाईले व्यक्ति हत्याको अभियोगमा सर्वोच्च अदालतको निगरानीमा रहेको व्यक्तिलाई सभामुख बनाउनु भनेको न्यायालयप्रतिको अपमान भएको बताए। संक्रमणकालीन न्यायका जानकार अधिवक्ता राजु चापागाईले व्यक्ति हत्याका अरोपी सापकोटालाई सभामुख बनाउने निर्णयले मानवअधिकारप्रतिको सरकारको धारणा स्पष्ट भएको बताए। सभामुखका लागि प्रस्तावित सापकोटाविरुद्ध सशस्त्र द्वन्द्वकालमा व्यक्ति हत्याको अभियोगमा सर्वोच्च अदालतमा परेको मुद्दा बिचाराधीन छ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, माघ ७ २०७६०९:२३:३५
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend