आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

पूर्व एमालेका वडा सदस्य चरेससहित रङ्गेहात पक्राउ

पूर्व एमालेका वडा सदस्य चरेससहित रङ्गेहात पक्राउ

  • मंगलवार, माघ ७ २०७६

  • 5.0K
    SHARES

  • बाजुरा – पूर्व एमालेबाट निर्वाचित एक जना वडा सदस्यसहित २ जना बडीमालिका नगरपालिका–९ गैरी बजारबाट चरेससहित रङ्गेहात पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय बाजुराले सोमबार पत्रकार सम्मेलन गरेर डेढ किलोग्राम चरेससहित वडा सदस्य र अन्य एक जनालाई सार्वजनिक गरेको छ । प्रहरी नायब उपरीक्षक (डीएसपी) टंकप्रसाद भट्टराईले पक्राउ पर्नेमा बडीमालिका नगरपालिका–३ रजालीका वडा सदस्य ४० वर्षीय श्यामबहादुर खड्का र गौमूल गाउँपालिका–१ घर भइ मार्तडीमा होटल व्यवसाय गर्दै आएका देवबहादुर रोकाया छन् । खड्का स्थानीय तह निर्वाचनमा पूर्व एमालेबाट वडा सदस्य निर्वाचित भएका थिए । प्रहरी सहायक निरीक्षक शेरबहादुर थापाको गस्तीले गैरीबजारमा कालोझोलामा लुकाएर ल्याएको चरेस लिएर भाग्दै गरेको अवस्थामा २ जनालाई पक्राउ गरेको भट्टराईले बताए । पक्राउ परेका दुवैलाई लागूऔषध अपराध ऐन २०३३ अनुसार कारबाही गरिने प्रहरीले जनाएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, माघ ७ २०७६०१:१५:३५
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend