काठमाडौं – सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेतृत्वको राष्ट्रियसभा सदस्य निर्वाचन गठबन्धनलाई चुनाव हार्ने डर देखिएको छ ।
आगामी माघ ९ गते हुन गइरहेको निर्वाचनका लागि नेकपा गठबन्धनमा सहभागी दल राष्ट्रिय जनता पार्टी (राजपा) ले गठबन्धनका उम्मेदवारलाई मतदान गर्न ह्वीप जारी गरेको छ ।
निर्वाचनमा प्रदेशसभा सदस्य र स्थानीय तहका जनप्रतिनिधिले मतदान गर्ने भएपनि अविश्वास बढ्दै गएपछि ह्वीप जारी गर्नुपर्ने अवस्था आएको छ । नेकपाले भने आफ्ना मतदातालाई ह्वीप जारी गरेको छैन । २ नम्बर प्रदेशमा तालमेल गरेका नेकपा–राजपालाई अन्तर्घात हुने डर रहेको स्रोतले जनाएको छ ।
दुवै पार्टीभित्र अन्तर्घात हुने भएकाले नेपाली कांग्रेस र समाजवादी पार्टी नेपालको गठबन्धनले २ नम्बर प्रदेशमा गोप्य रुपमा व्यापक तयारी गरिरहेका छन् ।
राजपा अध्यक्षमण्डलका संयोजक राजेन्द्र महतोको अध्यक्षतामा बसेको राजपा बैठकले शनिवार पार्टीका मतदातालाई ह्वीप जारी गरेको हो । राजपाले चुनावमा नेकपासँग चुनावी तालमेल गरेर २ वटा सिट लिएको छ ।
राजपाले अन्य समूहमा मृगेन्द्रकुमार सिंह र अल्पसंख्यकमा शेखरकुमार सिंह तथा नेकपाले महिलामा तुलासा दाहाल र दलितबाट राधेश्याम पासपानलाई उम्मेदवार बनाएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।