आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

प्रचण्डका घरबेटीसँग राज्य नै डरायो, अलपत्र सडकको ठेक्का तोड्नै गाह्रो

प्रचण्डका घरबेटीसँग राज्य नै डरायो, अलपत्र सडकको ठेक्का तोड्नै गाह्रो

  • शनिवार, माघ ४ २०७६

  • 5.5K
    SHARES

  • काठमाडौं– नेकपा अध्यक्ष प्रचण्डका घरबेटीका्े निर्माण कम्पनी शैलुङ कन्स्ट्रक्सनले भारतीय कम्पनीसँग मिलेर जिम्मा लिएको बालाजु–रानीपौवा–त्रिशुली सडक ६ वर्षदेखि अलपत्र छाडेको छ।

    अधिकारीको कम्पनीले २०७० सालमा भारतीय कम्पनी एआइपीएलसँग जेभी (जोइन्ट भेञ्चर) बनाएर ठेक्का पाएको मुड्कु–रानीपौवा खण्डमा काम नगर्दा सर्वसाधरणले वर्षौदेखि सास्ती खेपिरहेका छन्। ठेकेदार कम्पनी भने आयोजना लम्ब्याउदै बसेको छ। सरकार भने कारबाही गर्नुको सट्टा म्याद थपको उपहार दिँदै बसेको छ। बालाजु–रानीपौवा–त्रिशुली सडक खण्डको मुड्कु(रानीपौवा करिब १७ किमि खण्ड एआइपीएल–शैलुङ जेभीले ठेक्का पाएको हो। दुई वर्षमा सक्ने भनिएपनि अझै आधा काम भएको छैन।

    आयोजनाले उपलब्ध गराएको तथ्यांकअनुसार, करिब ४३ प्रतिशत भौतिक प्रगति छ। सुरुङमा बालाजुदेखि नै सडक विस्तार गर्ने योजना थियो तर निकुञ्ज परेका कारण ४ किमि पर मुड्कुबाट सडक विस्तार थालिएको हो।

    आयोजनाले काम नगरेको भन्दै ठेक्का तोड्न दुइपटक फाइल उठायो तर केही कारबाही गर्न सकेको छैन। पहिलोपटक फाइल उठाएर ठेक्का तोड्ने सूचना निकाल्ने तयारी भइरहेको थियो। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका उच्च अधिकारीहरूले दबाब दिएका कारण ठेक्का तोड्ने सूचना नै निकाल्न नसकिएको आयोजनाका एक इन्जिनियरले बताए।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, माघ ४ २०७६०३:१८:५३
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend