काठमाडौं – सार्वजनिक सवारीसाधन बसभित्र अश्लील गतिविधि गरेको अभियोगमा एक युवक चितवनबाट पक्राउ परेका छन् ।
महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले ती युवकलाई सोमवार चितवनबाट पक्राउ गरेको हो ।
२०७५ मंसिरमा सार्वजनिक बसभित्रै यात्रा गरिरहेकी युवतीलाई लक्षित गरी एक युवकले हस्तमैथुन गरी युवतीको कपालमा वीर्य स्खलन गरेको भिडियो सामाजिक सञ्जालमा पोस्ट भएको थियो ।
लगनखेल–स्वयम्भूरडल्लु रुटमा चल्ने बसको पछाडि सीटमा बसेका युवकले अघिल्लो सीटमा बसेकी युवतीको कपालमा हस्तमैथुन गरी वीर्य स्खलन गरेका थिए ।
ज्याकेट र खैरो ट्राउजर अनि चप्पल लगाएका ती युवक आफैंले भिडियो खिचेर सामाजिक सञ्जालमा अपलोड गरेको प्रहरीको आशंका छ । प्रहरीका अनुसार युवकले त्यस्तो हर्कत गरेको स्वीकारेका छन् । अश्लील हर्कत गर्ने र पीडित युवती दुवैको अनुहार भिडियोमा देखिएको थिएन ।
प्रहरीको खोजी सूचीमा रहेका ती युवक फरार थिए । यस्तो अपराध पुष्टि भए ६ महिनासम्म कैद र हजार रुपैयाँ जरिवाना हुनसक्ने व्यवस्था मुलुकी फौजदारी अपराध संहिता ऐनमा उल्लेख रहेको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।