काठमाडौं–उपसभामुख डा. शिवमाया तुम्बाहाम्फे केही समय यता चर्चाको शिखरमा छिन् । उनले नेकपाका शीर्षनेताहरुलाई हाराबारा खेलाएकी छन् । शिवमायाका अगाडि नेकपा सचिवालय लाचार बन्न पुगेको छ । शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा नेकपा सचिवालयको बैठक बसेको थियो, जसले तुम्बाहाम्फेलाई राजीनामा गर्न लगाउने सर्वसम्मत निर्णय गरेको थियो । तर, उनले त्यो निर्णय मान्न ठाडै अस्विकार गरिदिइन् ।
तर नेकपाबाटै सांसद र उपसभामुख बनेकी शिवमायाले आफू सार्वभौम संसदको उपसभामुख भएको र पार्टीको ह्वीप नमान्ने सन्देश नेकपा सचिवालयलाई दिएकी छिन् ।
शिवमायाको अडानले हैरान बनेका नेकपा नेताहरुले आइतबार बिहान उनलाई बालुवाटारमा बोलाए ।
शिवमाया बिहान ११ बजेतिर बालुवाटार छिरिन् । पुस ४ गतेदेखि पटक–पटक स्थगित हुँदै आएको संसदको बैठक आइतबार दिउँसो बस्ने कार्यसूची थियो । यसअघि शिवमायालाई राजीनामा गराउने र ज्येष्ठ सदस्यको अध्यक्षतामा बैठक राखेर सभामुखको निर्वाचन प्रक्रिया अघि बढाउने नेकपा नेताहरुको अपेक्षा थियो ।
तर सभामुखका लागि शीतलनिवासको बलियो साथ पाएकी शिवमायाले आइतबार बालुवाटारमा पुगेर राजीनामा नदिने अडान मात्र दोहोर्याइनन्, राजीनामा माग्ने निर्णय लेख्ने सचिवालयको सदस्य को हो भनेर सोधिखोजीसमेत गरिन् ।
संसदको बैठक पुनः माघ ६ गतेसम्मका लागि स्थगित भएको छ । संसद नेकपाको अनिर्णयको बन्दी बनेको भन्दै विपक्षी नेताहरुले आपत्ति जनाएका छन् ।
संसद बैठक बारम्बार स्थगित गरेर नेकपा अकर्मन्यतामा फसेको नेपाली कांग्रेस र समाजवादी पार्टीका नेताहरुले आरोप लगाएका छन् । प्रतिनिधिसभालाई सत्तापक्षले बन्धक बनाएको विपक्षीको आरोप छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।