आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

भीम रावललाई ज्यान मार्ने धम्की !

भीम रावललाई ज्यान मार्ने धम्की !

  • आइतवार, पौष २७ २०७६

  • 7.0K
    SHARES

  • काठमाडौं – सरकारका गलत निर्णयको चर्काे आलोचना गर्दै राष्ट्रवादी छवि मनाएका सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायी कमिटी सदस्य भीम रावललाई ज्यान मार्ने धम्की आएको छ । नेता भीम रावलले सञ्चारमाध्यमसँग कुरा गर्दै आफूलाई बालुवाटारबाट ज्यान मार्ने धम्की आएको खुलासा गरेका छन् । अनलाइन मिडिया खबरहबसँगको विशेष कुराकानीमा स्थायी कमिटी सदस्य रावलले बालुवाटारमा बस्ने व्यक्तिबाट ज्यान मार्ने धम्की आएको दाबी गरेका छन् । नेता रावलले धम्की दिने व्यक्तिको नाम भने खुलाएनन् । बालुवाटार प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारी निवास हो । ‘मलाई ज्यानको समेत धम्की दिइएको छ, बालुवाटार बस्ने व्यक्तिबाट,’ नेता रावलले भने, ‘लेडी डायनाले जसरी ज्यान गुमाउनुपर्‍यो, तिमीले पनि त्यसरी नै ज्यान गुमाउनुपर्ला भनेर मलाई धम्की दिइयो । यो बिडम्बना हो ।’ नेता रावलले कसैको मृत्यु वा हत्याले त्यस व्यक्तिको राष्ट्र राष्ट्रियताका पक्षमा निस्किएका आवाजहरू हराएर नजाने बताएका छन् । ‘मलाई मार्छु भन्ने व्यक्तिले के सम्झनुपर्छ भने पुष्पलालको मृत्यु भएर नेपालको कम्युनिस्ट आन्दोलन र देशभक्ति पूर्ण आवाजहरू हराएर जाँदैनन् भन्ने स्मरण गर्नुपर्छ,’ उनले भने, ‘मदन भण्डारीलाई दासढुंगामा गाडी दुर्घटनाको मञ्चन गरेर हत्या गर्दा मदन भण्डारीका देशभक्तपूर्ण आवाज नेपाली धर्तीबाट रोकिएका छैनन् भन्ने कुरा मलाई जीवनको धम्की दिनेहरूले राम्ररी स्मरण गर्नुपर्ने हुन्छ ।’ बालुवाटारबाट आएको धम्कीबाट आफू विचलित नहुने समेत नेता रावलले स्पष्ट पारेका छन् । ‘म त्यसबाट डराउँदिन र म स्मरण गराउन चाहन्छु कोही व्यक्ति पनि यो धर्तीमा अजर अमर छैनन् भन्ने कुरा प्रत्येक व्यक्तिले हेक्का राख्नुपर्छ,’ उनले भने । राजनीतिक दलका नेताहरू जनताका माध्यम भएको बताउँदै नेता रावलले देशको माया गर्ने र राष्ट्रलाई जोगाउनुपर्छ भन्दा साथ र समर्थनभन्दा धम्की र विरोध हुन दुःखद रहेको उनले बताए । ‘हामी जनताका माध्यम हौं । नेपाल जसलाई हामी आमा समान मान्छौं यो मात्रै धेरै लामो कालसम्म अस्तित्वमा रहन सक्छ, अरुको अस्तित्व अस्थायी छ,’ उनले भने । राजनीतिमा विचारको बहस हुन सक्ने भन्दै नेता रावलले राष्ट्र हीत नहुने कुराको विरोध गर्दा राजनीतिक रुपमा लड्न छोडेर धम्कीमा उत्रिनु दुःखद् भएको बताएका छन् । आफूले पार्टीको स्थायी कमिटी बैठकमा अमेरिकाले नेपाललाई दिने सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) बारे कुरा उठाउँदा त्यसको प्रतिवाद राजनीतिक रुपमा नभएर ज्यान मार्ने धम्कीतर्फ गएको नेता रावलको दाबी छ । ‘एमसीसी जुन बुँदाहरू उठाएको छु यो झुटा हुन् भनेर भने भयो । यो यति कारण पास गर्नुपर्छ । यो सहमतिमा रावलले भनेको कुरा लेखिएको छैन भनेर खण्डन गरे हुन्छ,’ नेता रावलले भने, ‘तर ज्यानको धम्की दिने कुरा आजको राजनीतिक प्रणालीसँग मेल नखाले कुरा हो ।’

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, पौष २७ २०७६०१:४९:१५
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend