आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

संसद बैठक सारेपछि गर्जिय गगन, दिए खतरनाक चेतावनी

संसद बैठक सारेपछि गर्जिय गगन, दिए खतरनाक चेतावनी

  • आइतवार, पौष २७ २०७६

  • 7.6K
    SHARES

  • काठमाडौं–  नेपाली कांग्रेसका युवा नेता गगन थापाले नेकपाभित्रको स्वार्थको बेमेलका कारण संसदलाई बन्धक बनाउनु निन्दनीय भएको बताएका छन् । सत्तारुढ नेपाल कम्यनिस्ट पार्टी (नेकपा) ले सभामुखको उमेदवार टुंग्याउन नसकेका कारण आइतबारका लागि बोलाइएको संसद बैठक स्थगित भएपछि युवा नेता थापाले नेकपा भित्रको स्वार्थले संसदलाई बन्धक बनाउन नपाइने बताएका हुन् । उनले उपसभामुख शिवमाया तुम्वाहाङ्फेलाई नियमानुसार सदनको प्रक्रिया अगाडि बढाउन आग्रह गरेका छन् । ट्विटरमार्फत उनले नेकपाभित्रको स्वार्थको बेमेलका कारण संसदलाई बन्धक बनाउनु निन्दनीय भएको बताएका हुन् । ‘नेकपाभित्रको स्वार्थको बेमेलको बन्धक संसदलाई बनाउनु निन्दनीय छ । यो संसदीय अभ्यास र गरिमाको मात्र होइन संविधानले प्रबन्ध गरेको शक्ति सन्तुलन र नियन्त्रणको समेत खिलापमा छ,’ थापाले लेखेका छन्, ‘उपसभामुखज्यू संसद कुनै दलको छाया होइन, तपाईं संसदको उपसभामुख हो, नियमानुसार सदनको प्रकृया अगाडि बढाइयोस् ।’

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, पौष २७ २०७६१०:५७:०७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend