आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

अन्ततः उपसभामुख तुम्बाहाम्फेलाई हटाउने नेकपाको निर्णय

अन्ततः उपसभामुख तुम्बाहाम्फेलाई हटाउने नेकपाको निर्णय

  • शनिवार, पौष २६ २०७६

  • 3.9K
    SHARES

  • काठमाडौं – सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालय बैठकले उपसभामुख शिवमाया तुम्बाहाम्फेलाई पदबाट हटाउँदै राजीनामा गराउने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शनिवार बसेको नेकपा सचिवालयको बैठकले सभामुखमा उम्मेदवार दिने र उपसभामुख तुम्बाहम्फेलाई राजीनामा गराउने निर्णय गरेको जनाइएको छ । सभामुखमा उम्मेदवारी दिने निर्णय भएको भन्दै प्रवक्ता नारायणकाजी श्रेष्ठले भने, ‘हाम्रो पार्टीको तर्फबाट उपसभामुखमा निर्वाचित शिवमाया तुम्बाहाम्फेले राजीनामा दिने निर्णय भएको छ ।’ बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तुम्बाहाम्फेसँग शुक्रवार भएको छलफलबारे जानकारी गराएका थिए । नेकपाका अध्यक्षद्वयसँग भएको भेटमा तुम्बाहाम्फले आफूलाई सभामुख बनाउने निर्णय गरे मात्र उपसभामुखबाट राजीनामा दिने, नभए सदन सुचारु गरेर सभामुख निर्वाचनको प्रक्रिया सुरु गर्ने अडान लिएकी छन् । सचिवालय बैठकमा नेताहरूले उपसभामुखको अडान उपयुक्त नभएको धारणा राखेका थिए । बैठकले सभामुखको उम्मेदवार कसलाई बनाउने भन्ने कुनै छलफल नभएको जनाइएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, पौष २६ २०७६०१:३८:३३
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend