भोजपुर – नेपाल तरुण दलका केन्द्रीय उपाध्यक्ष एवं नेपाली कांग्रेसका युवा नेता उत्तम चापागाईंले जनताले दिएको जनमत उल्लंघन गरेर कम्युनिस्ट सरकारले संविधानले दिएका अधिकारहरूमाथि धावा बोल्न थालेको आरोप लगाएका छन् ।
भोजपुरको षडानन्द नगरपालिकामा शुक्रबार नेपाली कांग्रेसको समायोजन कार्यक्रमलाई सम्बोधन गर्दै चापागाईंले संविधानका अधिकारलाई मिच्ने कार्य आफूहरूलाई स्वीकार नहुने बताए । उनले नेपाली कांग्रेसको नेतृत्वमा बनेको संविधानलाई असफल बनाउन कम्युनिस्ट सरकार लागेको आरोप लगाए ।
‘संविधान सभामा पहिलो पटक बहुमत हुँदा पनि कम्युनिस्टहरूले संविधान बनाउन सकेनन् । संविधान बनाउन नेपाली कांग्रेस नै चाहियो,’ उनले भने, ‘कांग्रेसले संविधानलाई ईमान्दारिताका साथ कार्यान्वयन गरेको छ । तर यो कम्युनिस्ट सरकार संविधान कार्यान्वयनमा ईमान्दार देखिएन ।’
भाषा नबुझिने सुशील कोइरालाको नेतृत्वको सरकारले संविधान बनाएको बताएका कांग्रेसका युवा नेता चापागाईंले भने, ‘हाम्रो अहिलेको प्रधानमन्त्रीको कुरा स्पष्ट बुझिन्छ । तर उहाँको काम बुझिँदैन । उहाँले संविधानलाई असफल बनाउन विभिन्न फण्डाहरू संसदमा पेश गर्नुभएको छ ।’
जनताको अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गर्न ल्याइएको सूचना प्रविधि र विशेष सेवा ऐन विधेयकहरू संविधानले दिएको अधिकार विपरीत रहेको भन्दै तरुण दलका केन्द्रीय उपाध्यक्ष चापागाईंले फिर्ता गर्न चेतावनी दिए । उनले संविधानको रक्षाका लागि देशभरका तरुणहरू एक हुने बताएका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।