आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

गोकुल बास्कोटालाई पुरस्कृत गर्दै अर्काे मालदार मन्त्रालय, उपेन्द्रले छाडेको पद कसलाई ?

गोकुल बास्कोटालाई पुरस्कृत गर्दै अर्काे मालदार मन्त्रालय, उपेन्द्रले छाडेको पद कसलाई ?

  • शुक्रवार, पौष २५ २०७६

  • 6.2K
    SHARES

  • काठमाडौं – कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओलीले प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बास्कोटालाई पुरस्कृत गर्दै अर्काे मन्त्रालयको जिम्मेवारी दिएका छन् । प्रधानमन्त्री ओलीले बास्कोटालाई शहरी विकास मन्त्रालयको समेत जिम्मेवारी सम्हाल्ने सिफारिस गरेपछि राष्ट्रपति विद्या भण्डारीले कार्यविभाजन गरेकी छन् । समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले सरकार छाडेपछि राष्ट्रपति विद्यादेवी भण्डारीले स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाललाई कानून, न्याय तथा संसदीय मामिलाको जिम्मेवारी दिएकी छन् । प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति भण्डारीले ढकाललाई कानून तथा संसदीय मामिला र बास्कोटालाई शहरी विकास मन्त्रालयको जिम्मेवारी थप गरेकी छन् । गत पुस ७ गतेको मन्त्रिपरिषद् बैठकमा संविधान संशोधन प्रस्ताव दर्ता गर्न खोज्दा प्रधानमन्त्री ओलीले रोकेपछि समाजवादी पार्टी सरकारबाट बाहिरिएसँगै रिक्त रहेका मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्रीले आफू निकटका मन्त्रीको जिम्मा लगाएका हुन् । बास्कोटालाई दिइएको मन्त्रालय पूर्वाधार निर्माण गर्ने मालदार मन्त्रालयको रुपमा हेरिन्छ । प्रधानमन्त्री ओलीको सिफारिसमा नेपालको संविधानबमोजिम ढकाल र बास्कोटालाई जिम्मेवारी दिइएको राष्ट्रपति कार्यालयले जनाएको छ । सञ्चार राज्यमन्त्री बनाएर ओली सरकारमा प्रवेश गराइएका बास्कोटा क्याबिनेट मन्त्री हुँदै २–२ मन्त्रालय सम्हाल्ने हैसियतमा पुगेपछि वरिष्ठ मन्त्रीहरू ट्वा परेका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, पौष २५ २०७६०१:३६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend