आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

अजय सुमार्गीले देखाए प्रचण्डको पावर, केपी ओलीले उल्ट्याइदिए यस्तो निर्णय !

अजय सुमार्गीले देखाए प्रचण्डको पावर, केपी ओलीले उल्ट्याइदिए यस्तो निर्णय !

  • बिहिवार, पौष २४ २०७६

  • 6.5K
    SHARES

  • काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निकट भनेर परिचित व्यवसायी अजय सुमार्गीले पावर देखाउँदै सरकारी निर्णय उल्ट्याइदिएका छन् । सुमार्गीको कम्पनी मोबाइल सेवा प्रदायक स्मार्ट टेलिकम र नेपाल स्याटेलाइट टेलिकम (हेलो नेपाल) को अनुमतिपत्र (लाइसेन्स) खारेज गर्ने नेपाल दूरसञ्चार प्राधिकरणको सरकारी निर्णयलाई कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले उल्ट्याइदिएको हो । सरकारले वेब सर्फर कम्युनिकेसनको अनुमतिपत्र (लाइसेन्स) खारेज गर्ने नेपाल दूरसञ्चार प्राधिकरणको निर्णय समेत बदर गरेको छ । सोमबार बसेको मन्त्रिपरिषदको बैठकले सुमार्गीका कम्पनीको लाइसेन्स खारेजीको निर्णय बदर गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले बताए । नेपाल दूरसञ्चार प्राधिकरणले समयमै अनुमतिपत्रको बक्यौता रकम नतिरेको भन्दै लाइसेन्स खारेजी गरेको थियो । मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न बिहीबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री बाँस्कोटाले किस्ताबन्दीमा बक्यौता रकम तिर्ने सुविधा दिने गरी खारेजीको निर्णय बदर गरिएको जानकारी दिएका छन् । संस्थाको खारेजीको निर्णय बदर गर्दै ती कम्पनीलाई किस्ताबन्दीमा शुल्क बुझाउने गरी व्यवस्था मिलाउन प्राधिकरणलाई पत्र लेखी पठाउने निर्णय गरिएको बताए । आगामी चार वर्षभित्र पाँच किस्तामा बक्यौता रकम बुझाउने गरी प्राधिकरणको निर्णय खारेज गरिएको उनले बताए । सरकारलाई हेलो नेपालले ८२ करोड, स्मार्टले २ अर्ब ३२ करोड र वेबसर्फरले ३ करोड ९० लाख तिर्न बाँकी रहेको छ । दूरसञ्चारको निर्णयविरुद्ध सुमार्गी अदालत समेत गएका थिए । अदालतले सरकारी निर्णयलाई सदर गरेका थिए । तर अहिले सुमार्गीले ओली सरकारलाई नै प्रभावित पारेर दुरसञ्चारको निर्णय उल्ट्याइदिएका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, पौष २४ २०७६०२:४६:५७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend