बुधवार, पौष २३ २०७६
काठमाडौं– भ्रमण बर्षको सुरुवातमै नेपाल आउने पर्यटक घटेका छन् । २० लाख पर्यटक ल्याउने लक्ष्यसहित शुरु गरिएको नेपाल भ्रमण वर्ष २०२० को अगाडि पर्यटकको न्यून उपस्थितीले लक्ष्य भेट्याउन अप्ठ्यारो पर्ने देखिएको छ ।
सन् २०१८ को तुलनामा सन् २०१९ मा पर्यटक बढ्ने र त्यही वृद्धीदरका आधारमा २०२० मा २० लाख पर्यटक ल्याउने सरकारको आँकलन थियो ।
तर, पर्यटक बढ्नुको साटो सन् २०१९ मा उल्टै १.७५ प्रतिशतले पर्कयटकको संख्यामा कमी आएपछि २० लाख पर्यटक पुर्याउने महत्वाकांक्षी लक्ष्य लक्ष्यमै सीमित हुने देखिएको छ ।
अब सन् २०२० मा २० लाखको लक्ष्य भेट्याउन साढे ८ लाख पर्यटक बढि ल्याउनुपर्ने हुन्छ । जुन २०१९ को तथ्यांक हेर्दा निकै कठीन देखिन्छ ।
अद्यागमन विभागका अनुसार सन् २०१९ मा नेपालमा ११ लाख ५२ हजार ५०१ जना पर्यटक नेपाल आएका छन् । तर सन् २०१८ मा ११ लाख ७३ हजार ७२ पर्यटकले नेपाल भ्रमण गरेका थिए ।
सन् २०१७ को तुलनामा २४.७७ प्रतिशत बढी थियो । सो वर्ष ९ लाख ४० हजार २१८ पर्यटक नेपाल आएका थिए । सन् २०१८ मा पर्यटक आगमन हालसम्मको उच्च हो ।
पर्यटन बोर्डले २०१८ मा झन्डै १२ लाख पर्यटकको संख्यालाई सन् २०१९ मा १५ लाख पुर्याउने र सन् २०२० मा २० लाखपर्यटक पुर्याउने लक्ष्य लिएको थियो । तर पर्यटकको संख्यामा नियमित वृद्धी समेत हुन सकेन ।
सन् २०१९ सबैभन्दा बढी नेपाल भ्रमण गर्न पहिलो देशमा छिमेकी मुलुक भारतबाट २ लाख ९ हाजर ६११, चीनबाट १ लाख ६९ हजार ५४३, अमेरिकाबाट ९३ हाजर १९६, वेलायतबाट ६१ हजारल १३९, श्रीलंकाबाट ५५ हजार ८६९ र थाइल्यान्डबाट ४१ हजार ६५३ रहेको छ ।
यस अवधि भारतीयलगायत अन्य देशका पर्यटकको संख्या घटे पनि चिनियाँ पर्यटक भने झिनो संख्याले बढेका छन् ।
विभागले यो संख्या हवाईमार्ग र स्थलगतमार्गबाट नेपाल भित्रिएका पर्यटकको प्रारम्भिक संख्या भएको जनाएको छ । विभागले तथ्यांक केलाइ रहेको र केही तलमाथि समेत हुन सक्ने जनाएको भए पनि संख्यमा ठूलो फेरवदल भने नहुने जनाएको छ।
सरकारले सन् २०२०मा ‘नेपाल भ्रमण वर्ष–२०२०’मनाएर २० लाख पर्यटक भित्रा्याउने लक्ष्य लिएको छ । सोही अनुरुप सरकारले नेपाल भ्रमण वर्ष सचिवालयमार्फत् र नेपाल पर्यटन बोर्डमार्फत् भ्रमण वर्षको प्रचारप्रसार तीव्र पारेको छ ।
तर सरकार भने २०२० मा पर्यटक बढ्ने दाबी गर्दै आएको छ । सरकारले सन् २०२० मा अन्तर्राष्ट्रिय त्रिभुवन विमानस्थल २१ घण्टा संचालनमा ल्याएको छ, भने निमार्णधिन गौतमवद्ध अन्तर्राष्ट्रिय विमानस्थल चाडै संचालनमा ल्याउने तयारी गरेको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।