बुधवार, पौष २३ २०७६
काठमाडौं– भारतमा बलात्कारी ठहर भएका चार जनालाई फाँसी दिइने भएको छ। सन् २०१२ को डिसेम्बर १६ मा नयाँदिल्लीमा मेडिकल पढिरहेकी निर्भयाको बलात्कारपछि हत्या भएको थियो।
निर्भयाको बलात्कार–हत्यामा दोषी भेटिएपछि पटियाला हाउस अदालतले अक्षय गुप्ता, पवन गुप्ता, विनय शर्मा र मुकेश सिंहलाई माघ ८ ९जनवरी २२० मा बिहान सात बजे फाँसी दिने आदेश दिएको हो।
अदालतको आदेशपछि सात वर्षदेखि छोरीको आत्माको शान्तिका लागि लडाइँ लडिरहेकी अभयाकी आमा आशादेवीले भनिन्– अब मेरी छोरीले न्याय पाएकी छ। ती चार जना अपराधी झुन्डिनुले भारतका महिलाले थप सशक्त बनाउने छ।
यी चारै जनालाई दिल्ली उच्च अदालतले २०१४ मै दोषी ठहर गरिसकेको थियो। अदालतले मृत्युदण्ड दिन गरेको फैसलाविरूद्ध उनीहरूले सर्वोच्च अदालत गुहारेका थिए।
गत डिसेम्बरमा सर्वोच्च अदालतले उनीहरूले दिएको पुनर्विचार निवेदन खारेज गरिदिएको थियो। सात वर्षअघि दिल्लीमा गुडिरहेको बसमा छ जनाको समूहले २३ वर्षीया निर्भयाको बलात्कार गरेको थियो। बलात्कारपछि उनको हत्या भएको थियो।
घटनामा संलग्न ६ जनामध्ये एक जनाले मुद्दा चलिरहेका बेला जेलभित्र आत्महत्या गरेका थिए भने अर्का एकजना नाबालक भएकाले सुधार गृह पठाइएको थियो। मंगलबार अदालतको आदेश आएपछि दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले न्याय मिलेको प्रतिक्रिया दिएका छन्। एजेन्सी
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।