आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

अमेरिकासँग बदला लिने इरानको तयारी, कति छ सैन्य शक्ति ?

अमेरिकासँग बदला लिने इरानको तयारी, कति छ सैन्य शक्ति ?

  • सोमवार, पौष २१ २०७६

  • 4.7K
    SHARES

  • काठमाडौं– आफ्ना उच्च सैन्य अधिकारीको हत्यापछि अमेरिकासँग प्रतिशोध लिने तयारी गरेको इरानसँग कूल ५ लाख २३ हजार सुरक्षाकर्मी छन्।

    बेलायतको इन्टरनेसनल इन्स्टिच्युट अफ स्ट्राटेजिक स्टडिजका अनुसार कूल सुरक्षाकर्मीमध्ये सेनातर्फ साढे ३ लाख र इस्लामिक रिभुलसनरी गार्ड्स (आईआरजीएस)तर्फ डेढ लाख जवान सम्मिलित छन्। आईआरजीएससँग थप २० हजार जलसेना छन्।

    इरानमा इस्लामिक प्रणाली रक्षा गर्न, विदेशमा आफ्ना सैन्य गतिविधि सक्रिय पार्न सन् १९७९ मा आईआरजीएसको गठनभएको थियो। जसको एउटा एकाइको रूपमा रहेका कुर्द फौजको नेतृत्व सुलेमानीले गरेका थिए।

    इरानले रुस र चीनबाट हतियार निर्यात गर्छ। मध्यपूर्वका अन्य देशका तुलनामा इरानको वायुसेनाको क्षमता कमजोर भए पनि क्षेप्यास्त्रका दृष्टिले इरान शक्तिशाली छ। उसले लामो दूरीको अन्तरमहादेशीय क्षेप्यास्त्र विकास गरिरहेको छ। इरानको क्षेप्यास्त्रले साउदी अरब र खाडी क्षेत्रका धेरै स्थानमा पुग्ने क्षमता राख्छन्।

    इरानसँग अत्याधुनिक ड्रोन छन्। जुन महिनामा अमेरिकाले जासुस गर्न स्ट्रेट अफ हर्मुजमा पठाएको ड्रोनलाई तेहरानले खसालिदिएको थियो। त्यस्तै उसले विकास गरेको ड्रोन आफ्ना समर्थक र साझेदारलाई उपलब्ध गराउँदै आएको छ। प्रविधिमा फड्को मारेको इरानसँग साइबल क्षमता पनि बलियो छ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, पौष २१ २०७६०३:१०:२४
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend