आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

सिटौला र कोइराला एउटै सोफामा, देउवालाई प्रश्न – तपाई को हो ?

सिटौला र कोइराला एउटै सोफामा, देउवालाई प्रश्न – तपाई को हो ?

  • आइतवार, पौष २० २०७६

  • 5.9K
    SHARES

  • काठमाडौं – नेपाली कांग्रेसका पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलाले सभापति शेरबहादुर देउवाले बहुमतको दम्भमा पार्टीभित्र जमिन्दारी प्रथा चलाउन खोजेको आरोप लगाएका छन् । सभापति देउवाले विधान लत्याउँदै अगाडि बढेका कारण पार्टीभित्र सहमति र सहकार्यको लागि अवरोध सिर्जना भएको उनले बताए । जीपी फाउन्डेसन प्रदेश नम्बर १ ले धनकुटाको मौनाबुदुकमा आयोजना गरेको कार्यक्रममा देउवालाई लक्षित गर्दै सिटौलाले प्रश्न गरे, ‘हिजो गिरिजाप्रसाद कोइराला र सुशील कोइराला सभापति र रामचन्द्र पौडेल कार्यबाहक सभापति हुँदा तपाईलाई सहमतिमै राखेर महाधिवेशन घोषणा गरेको हैन ? अहिले तपाई सभापति हुँदा सहमतिबाट महाधिवेशनको कार्यतालिका बनाउन कस्ले रोक्यो ? तपाई को हो पार्टीभित्र जमिन्दारी प्रथा चलाउन खोज्ने ?’ सभापतिको कुर्सीमा बसेर गुट र गिरोहको मात्रै सभापति नहुन देउवालाई सिटौलाले चेतावनी दिए । कांग्रेस केन्द्रीय सदस्य डा. शेखर कोइरालाले कम्युनिस्टसँग लड्नुपर्ने समयमा सभापतिकै कारण कांग्रेस घरभित्रको झगडामा फसेको बताए । डा. कोइरालाले सभापति कांग्रेसको घरमुली भएको बताउँदै घरभित्रको फरक विचार र असन्तुष्टिको सम्बोधन गरेर सबैलाई सँगै हिँडाउने काम देउवाकै भएको पनि बताए । नेपाली कांग्रेसको इतिहासमा आजसम्म सहमतिकै आधारमा महाधिवेशनको मिति घोषणा भएको भन्दै कोइरालाले भने, ‘अहिले आएर बहुमतको आधारमा यस्तो निर्णय हुनु पार्टीकै निम्ती दुर्भाग्य हो ।’ कार्यक्रममा तेह्रथुम कांग्रेसका सभापति गोविन्द ढुंगाना, धनकुटा कांग्रेसका सभापति अग्निप्रसाद पौडेल, सुनसरी कांग्रेसका सचिव सुजेन्द्र तामाङ लगायतले आ–आफ्नो मन्तव्य राखेका थिए । कार्यक्रममा आयोजकले सिटौला र डा. कोइरालालाई एकै माला लगाइदिएका थिए । कार्यक्रममा सिटौला र कोइराला एउटै सोफामा बसेका थिए ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, पौष २० २०७६०१:१७:१३
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend