आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

असफल अर्थमन्त्रीको ज्वाइँ मोह, आकर्षक ठाँउमा दिलाए नियुक्ती !

असफल अर्थमन्त्रीको ज्वाइँ मोह, आकर्षक ठाँउमा दिलाए नियुक्ती !

  • शनिवार, पौष १९ २०७६

  • 7.6K
    SHARES

  • काठमाडौं– अर्थमन्त्री डा. युवराज खतिवडाले ज्वाइँलाई काखी च्यापेको चर्चा लामो समय देखि चलिरहेको छ । आफू राष्ट्र बैंकको गभर्नर भएका बेला खतिवडाले आकर्षक तलब सुविधा पाइने भएकाले ज्वाइँ रामशरण खरेललाई दुई वर्षका लागि अन्तर्राष्ट्रय मुद्रा कोषमा पठाएका थिए । मन्त्री बन्नेवित्तिकै उनले ज्वाइँलाई अर्थ मन्त्रालयको सल्लाहकार बनाए । तर चौतर्फी विरोध भएपछि उनलाई फिर्ता गरिएको छ ।

    खतिवडाले ज्वाइँ खरेललाई गत साउनमा राष्ट्र बैंकमै फिर्ता पठाइसकेका छन् । तर पनि अहिलेसम्म उनी अर्थ मन्त्रालयका तर्फबाट नागरिक लगानी कोषको सञ्चालक छन् । मन्त्री खतिवडाले मन्त्रीस्तरीय निर्णय गरेर खरेललाई २०७५ साउनमा कोषको सञ्चालक बनाएका थिए । कोषमा एक खर्ब रुपैयाँभन्दा बढी बचत छ । कोषमा सरकारको १० र राष्ट्र बैंकको १३ प्रतिशत लगानी छ । नौ सदस्यीय कोषको सञ्चालक समितिमा राष्ट्र बैंकको एकजना प्रतिनिधि पनि सदस्य हुन्छ । तर राष्ट्र बैंकले भने कोषमा आफ्नो प्रतिनिधि पठाएको छैन । राष्ट्र बैंकले खरेललाई कोषको सञ्चालकका रुपमा प्रतिनिधित्व गर्न पनि अनुमति दिएको छैन । जबकि राष्ट्र बैंक कर्मचारी सेवा विनियमावलीअनुसार कर्मचारीले बैंकको स्वीकृति नलिइ यसरी अन्य संस्थामा प्रतिनिधित्व गर्नै मिल्दैन ।

    अर्थमन्त्री खतिवडाले नातावादलाई प्राथमिकता दिएका मात्र होइनन् कि मन्त्रालयका कर्मचारीले प्रतिनिधित्व गर्नुपर्ने कोटामा कानुन प्रतिकूल हुने गरी ज्वाइँलाई अवसर दिएर शक्तिको दुरुपयोग गरेका छन् । अर्थमन्त्रीले आफ्नो ज्वाइँ भएकै कारण खरेललाई वरिष्ठहरूलाई पन्छाउँदै निर्देशकमा बढुवा गरेका थिए ।

    खतिवडाको सांसद पद अब एक महिना मात्र बाँकी छ । आगामी माघ २० गते उनको दुई वर्षे राष्ट्रिय सभा सदस्यको पदावधि सकिँदैछ । उनी सरकारबाट सिफारिस भएर राष्ट्रपतिले मनोनीत गरेका सांसद हुन् ।

    नेपालको इतिहासमा कमजोर अर्थमन्त्रीका रूपमा खतिवडाको नाम लेखिने निश्चित छ । किनभने उनकै कार्यकालमा अर्थतन्त्र ओरालो लागेको मात्र होइन, जनताले अत्याधिक करको भारी बोक्नु परेको छ । वैदेशिक सहायता धेरै नआएको मात्र होइन, सेयर बजार तथा घरजग्गा कारोबार ठप्प जस्तै छ । नेप्से परिसूचक घटेको घट्यै छ । धितोपत्र बजारबाट सेयर कारोबारीले तीन खर्ब बढी गुमाइसकेका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, पौष १९ २०७६०३:२९:३८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend