आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

सभापति देउवाविरुद्ध योजना बनाउन ‘डिनर मिटिङ’

सभापति देउवाविरुद्ध योजना बनाउन ‘डिनर मिटिङ’

  • सोमवार, पौष १४ २०७६

  • 5.5K
    SHARES

  • काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले एकलौटी निर्णय गरेपछि त्यसविरुद्ध योजना बनाउन असन्तुष्ट वरिष्ठ नेता रामचन्द्र पौडेल नेतृत्वको समूहको काठमाडौंमा ‘डिनर मिटिङ’ गरेको छ । नेपाली कांग्रेस नेता एवं सांसद दीव्यमणि राजभण्डारीको काठमाडौंस्थित निवासमा डिनरसहित पौडेल नेतृत्वको समूहको गोप्य बैठक बसेको हो । बैठकमा सभापति देउवाविरुद्ध पार्टीमा अभियान चलाउने विषयमा कुराकानी भएको बैठकमा सहभागी एक स्रोतले जनाएको छ । स्रोतका अनुसार डिनर सहितको गोप्य बैठकमा पौडेल समूहले सभापति देउवाविरुद्ध हस्ताक्षर अभियान चलाएर महासमितिको बैठक बोलाउने वा अविश्वासको प्रस्ताव ल्याउने विषयमा समेत कुराकानी भएको छ । जिल्ला सभापतिहरूको भेला बोलाएर देउवालाई केन्द्रीय कार्यसमितिको निर्णय सच्याउन समेत दबाब दिनेबारे परामर्श भएको स्रोतले जनाएको छ । गोप्य बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा. शशांक कोइराला, केन्द्रीय सदस्यहरू प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, अर्जुननरसिंह केसी, डा. रामशरण महत, डा. शेखर कोइराला, डा. मीनेन्द्र रिजाल, बलबहादुर केसी लगायतका नेताहरूबीच कुराकानी भएको स्रोतले जनाएको छ । गोप्य बैठकका लागि सोमवार बिहान महोत्तरी पुगेका प्रकाशमान सिंह र मोरङमा रहेका डा. शेखर कोइराला पनि काठमाडौंं आएका थिए । महाराजगञ्जमा शनिवार बसेको पौडेल समूहको बैठकमा सहभागी नभएका नेता कृष्णप्रसाद सिटौला सोमवारको बैठकमा भने सहभागी भएका छन् । सभापति देउवाले आईतवार आफू निकटका नेताहरूसँग परामर्श गरेका थिए । देउवाले सोमवार बिहान उपसभापति विमलेन्द्र निधिलाई आफ्नो दूत बनाएर वरिष्ठ नेतासँग कुरा गर्न बोहराटार पठाएका थिए । सोमवार नै सभापति देउवाले महामन्त्री डा. शशांक कोइरालासँग पनि कुराकानी गरेका थिए । केन्द्रीय समिति बैठकले महाधिवेशनको कार्यतालिका सार्वजनिक गरेपछि पौडेल समूह आक्रोशित भएपनि दुवै समूहबीच सहमतिको प्रयास भने जारी नै रहेको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, पौष १४ २०७६०३:११:२५
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend