आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

कांग्रेस नेता राणाले गरे विद्यालय उद्घाटन, चौतर्फी खुसियाली

कांग्रेस नेता राणाले गरे विद्यालय उद्घाटन, चौतर्फी खुसियाली

  • आइतवार, पौष १३ २०७६

  • 5.2K
    SHARES

  • ललितपुर– नेपाली कांग्रेसका युवा नेता उदयशम्शेर राणाले ललितपुर जिल्लामा घुसले माध्यामिक विद्यालयको नयाँ भवनको उद्घाटन गरेका छन् ।

    बागमती गाउँपालिका वडा नम्बर १ स्थित घुसेल माध्यमिक विद्यालयको नवनिर्मित भवनलाई प्रमुख अतिथि राणाले शनिबार उद्घाटन गरेको नेपाली कांग्रेसका युवा नेता मीनकृष्ण महर्जनले जानकारी दिए । पूर्वअर्थ राज्यमन्त्री राणाको विशेष पहलमा घुसेल स्कूलको भवन जाईका प्रोजेक्टले बनाएको हो ।

    करीव ५ करोड रकम बराबरको स्कूलको भवन बनाउन राणाले अनुगमन र पहल गर्दै आएका थिए । ०७२ सालको भूकम्पबाट घुसेल स्कूलको भवन पूर्ण रुपमा क्षति पुगेको थियो । ०७४ सालको संसदीय निर्वाचनमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उम्मेदवार नवराज सिल्वालसंग पराजित भएपनि नेपाली कांग्रेसका युवा नेता राणा सो क्षेत्रको विकास निर्माणको कार्यमा निकै सक्रियता देखाउँदै आइरहेको स्थानीयको भनाइ छ ।

    नेपाली कांग्रेसका नेता राणा सांसद हुँदा यो क्षेत्रमा तीब्र रुपमा विकास निर्माणका काम भएका थिए । कम्युनिस्टका सांसद सिलवालले क्षेत्रको विकासमा खासै ध्यान नदिएको आरोप स्थानीयले लगाएका छन् ।

    नेपाली कांग्रेस युवा नेता एवम् विशेष अतिथि मीनकृष्ण महर्जनले विकासका लागि कांग्रेस नै आउनुपर्ने बताए । ०७२ सालको भूकम्पका बेलामा युवा नेता महर्जनले प्रत्येक गाउँमा पुगेर राहत वितरण गरेका थिए । उनले भूकम्पपीडितहरूको घाउँमा मलम लाउने काम गरेका थिए । महर्जन यो क्षेत्रमा लोकप्रिय मानिन्छन् ।

    युवा नेता महर्जन प्रदेश सभामा नेपाली कांग्रेसको तर्फबाट उम्मेदवार बनेका थिए । उनी अन्तर्घातका कारण झिनो मतअनतरले पराजित भएका थिए ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, पौष १३ २०७६०४:५१:३९
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend