काठमाडौं– काठमाडौं महानगरपालिकाले अनाधिकृत रुपमा होर्डिङ बोर्ड राख्ने, भित्तामा पोष्टर टाँस्ने वा लेख्ने र जथाभावी फोहोर गर्नेलाई जरिवाना तिराएको छ ।
महानगरपालिकाले काठमाडौं क्षेत्रका १० व्यक्ति तथा संस्थाहरुलाई प्रक्राउ गरी कारबाही स्वरुप जरिवाना तिराएको हो । जसमा महानगरले प्रक्राउ गरी ५८ हजार रुपैयाँ हर्जाना तिराएको हो ।
महानगरको करबाहीमा पर्नेमा काठमाडौं पूर्व क्षेत्रका २, पश्चिमका २, मध्ये क्षेत्रका ५ व्यक्ति तथा संस्थाहरु परेका हुन् । पक्राउ परी भ्याली इस्टिच्युट चाबहिललाई १० हजार रुपैयाँ र रेवत बस्नेतले १ हजार रुपैयाँ बुझाएका छन् ।
यस्तै माटो फ्याकिरहेको जेसीभीलाई २५ हजार रुपैयाँ, खेम रावललाई ३ हजार रुपैयाँ, जेभियर कलेजलाई ५ हजार, सुर्य मल्टी परपोसलाई २ हजार, गोल्डेन गेट कलेजबाट २ हजार रुपैयाँ, स्क्मान जब मल्टिपरपोसबाट २ हजार र खेमप्रसाद श्रेष्ठबाट ३ हजार रुपैयाँ करबाही स्वरुप जरिवाना तिराएको हो ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।