आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

ठाकुर प्रताप दुलालको आवाजमा 'मदिरा' सार्बजनिक

ठाकुर प्रताप दुलालको आवाजमा 'मदिरा' सार्बजनिक

  • शनिवार, पौष १२ २०७६

  • 6.6K
    SHARES

  • काठमाडौं- ठाकुर प्रताप दुलाल नेपाली सांगीतिक क्षेत्रको एउटा दरिलो परिचय बोकेको नाम हो । संगीतमा एम.ए. सम्मको अध्ययन गरेका ठाकुर प्रताप दुलालले आफ्नो स्कुले जिवन देखि नै आफ्नो भविष्य सांगीतिक क्षेत्रमा नै बनाउने अठोट गरिसकेका थिए । एस.एल.सी सकिए पछि रत्नराज्य लक्ष्मी क्यामपसमा संगीत विषय लिई संगीत पढ्ने क्रममा भारतको कोलकाता स्थित रविन्द्र भारती विश्व विद्यालय बाट सन् २००७ मा संगीत विषयको एम.ए. पुर्ण गरे । प्रारम्भिक अवस्थामा आफ्ना संगीतका माध्यमबाट स्रोता दर्शकमा चिनिन थाले । गीतकारहरु सँगको निकटता भएका कारणले थुप्रै गीतहरुमा संगीत भर्ने अवसर पाए र आफुले सिकेका कुराहरु पुर्ण रुपमा प्रयोग गर्ने कोसिस् गरे । फल स्वरुप “म आए या गएँ” “ति लोभी नजरले” “लहरा बनेर सधैँ” जस्ता कालजयी गीतहरु अहिले सदाबहार रुपमा बजिरहेका छन् । राष्ट्रिय सर्जक ब्याकुल माईलाको एकल शब्दमा दुलालको एकल संगीतमा निर्माण रहेको “छाल भित्रका प्रतिबिम्ब” गीत एल्बमले त्यती बेला निकै राम्रो चर्चा पाएको थियो । हालसालै उनले “उधारोमा उसले दिलायो मदिरा” भन्ने गीत आफ्नै गायनमा बजारमा ल्याएका छन् । केशब अधिकारीको संगीत रहेको उक्त गीतमा आमोसले संगीत संयोजन गरेका छन् । यस गीतलाई संगीतकार अधिकारीलेनै लेखेका हुन् । बरुण जंग लिम्बु र पुजन घिमिरे अभिनित यस गीतको भिडियोको निर्देशन मुनाल शिसिर कोईराला ले गरेका छन् । मदिरा पिउने सम्बन्धमा रहेको यस गीत ले नेपाली सांगीतिक बजारमा राम्रै चर्चा पाउने आस गरिएको गायक बताउदछन् । गायक दुलालको केही समय अघि बजारमा आएको सान्नानी बोलको गीतले पनि राम्रै चर्चा बटुल्न सफल भएको थियो । https://www.youtube.com/watch?v=8eoViFY0S1o

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, पौष १२ २०७६०६:३४:५५
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend