आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

चर्चित युवा नेतृ कांग्रेसमा प्रवेश, देउवाले गरे स्वागत

चर्चित युवा नेतृ कांग्रेसमा प्रवेश, देउवाले गरे स्वागत

  • शनिवार, पौष १२ २०७६

  • 6.0K
    SHARES

  • काठमाडौं– कालिकोटकी चर्चित युवा नेतृ एवम् तत्कालीन नयाँ शक्ति पार्टीकी उम्मेदवार राज्यलक्ष्मी शाही नेपाली कांग्रेसमा प्रवेश गरेकी छिन् । उनलाई सभापति शेरबहादुर देउवाले स्वागत गरेका छन् ।

    कालिकोट जिल्लाको मान्म खाडाचक्र नगरपालिकामा गत स्थानीय तहको निर्वाचनमा शाही नयाँ शक्ति पार्टीबाट उपमेयरको उमेदवार बनेकी थिइन् । स्थानीय तहको निर्वाचनमा शाही पराजित भएकी थिइन् ।

    नेतृ शाहीको नेतृत्वमा एक दर्जन युवाहरू शुक्रबार नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । काठमाडौंको बुढानिलकण्ठमा शुक्रबार आयोजित विशेष कार्यक्रममा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेतृ शाहीसहितका युवाहरूलाई पार्टीमा भित्र्याएका हुन् ।

    सभापति देउवाले शाहीसहितका युवाहरूलाई टीका तथा खादा लगाइदिएर सदस्यतासहित नेपाली कांग्रेसमा प्रवेश गराएको नेविसंघका पूर्वउपाध्यक्ष ऋषिकेशजंग शाहले जानकारी दिए ।

    सभापति देउवाले जनताले ल्याएको लोकतन्त्रमाथि कम्युनिस्टहरूका कारण खतरामा पर्दै गएको भन्दै देशभरिका युवाहरू नेपाली कांग्रेसमा समाहित भएर कम्यनिस्ट अधिनायकवादविरुद्ध लाग्न अपील पनि गरेका छन् । उनले नेपाली कांग्रेसले मात्रै राष्ट्रियता र लोकतन्त्रको रक्षा गर्ने बताए ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, पौष १२ २०७६०३:५०:०१
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend