काठमाडौं – केही दिनयता शीतलहरसँगै तराईमा बढेको चिसोका कारण सप्तरी जिल्लाका स्थानीय तहले सामुदायिक विद्यालय बन्द गर्ने निर्णय गरेका छन् ।
सप्तरी जिल्लाको रुपनी गाउँपालिकाले सोमबारदेखि तीन दिनसम्मका लागि बिदा दिने निर्णय गरेको छ । जसअनुसार भोलि र पर्सी समेत विद्यालय बन्द हुनेछन् ।
गाउँपालिकाका प्रशासकीय अधिकृत ललनकुमार यादवले जारी गरेको सूचनामा रुपनी गाउँपालिकाभित्र पर्ने सम्पूर्ण संस्थागत (निजी) तथा सामुदायिक विद्यालय सोमबारदेखि पुस ९ सम्मका लागि जाडोमा विद्यालय बन्द गर्न सबैलाई आग्रह गरिएको छ ।
सप्तरी जिल्लाको अग्निसाइर कृष्णसवरण गाउँपालिका अन्तर्गत रहेको सामुदायिक विद्यालयसमेत पुस ७ गते अर्थात् सोमबारदेखि पुस ११ गतेसम्म पाँच दिनका लागि जाडो बिदा दिइएको छ । गाउँपालिका मातहतका सम्पूर्ण विद्यालय पुस ७ गतेदेखि शुक्रबार ११ गतेसम्मका लागि जाडो बिदा दिएको गाउँपालिका अध्यक्ष पर्शुराम चौधरीले बताएका छन् ।
जिल्लाको राजविराज नगरपालिका, तिलाठी कोइलाडी गाउँपालिका, छिन्नमस्ता गाउँपालिकाले समेत मंगलबारसम्मका लागि विद्यालय बन्द गर्ने निर्णय गरिसकेको छ । राजविराज नगरपालिकाले पुस ६ गते आईतबारदेखि पुस ८ गते मंगलबारसम्म विद्यालय बन्द गर्ने निर्णय गरिएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।