आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

कांग्रेसभित्र कम्युनिस्टहरूको ‘घुसपैठ’, बालकृष्ण खाँणले दिए डा.संग्रौलालाई सुध्रिन चेतावनी

कांग्रेसभित्र कम्युनिस्टहरूको ‘घुसपैठ’, बालकृष्ण खाँणले दिए डा.संग्रौलालाई सुध्रिन चेतावनी

  • सोमवार, पौष ७ २०७६

  • 8.7K
    SHARES

  • काठमाडौं - नेपाली कांग्रेसकी केन्द्रीय सदस्य एवम् छायाँ सरकारकी श्रममन्त्री डा.डिला संग्रौलाले सत्तारुढ नेपाल कम्युनिस्ट निकटका पत्रकारहरूलाई पार्टीका महत्वपूर्ण दस्तावेजहरू लेख्न दिने गरेको रहस्य बाहिर आएको छ । केही दिन अगाडि प्रतिनिधि सभाकी सांसद समेत रहेकी छायाँ श्रममन्त्री डा.संग्रौलाले दुईतिहाइको बलियो कम्युनिस्ट सरकारका श्रममन्त्री रामेश्वर राय यादवलाई बुझाएको ज्ञापन पत्र कम्युनिस्ट पत्रकारहरूलाई लेख्न लगाएको खुलासा भएको हो । सिंहदरबारस्थित नेपाली कांग्रेसको संसदीय दलको कार्यालयमा सोमबार डा.संग्रौलाले कम्युनिस्ट पत्रकार गोपाल संग्रौला र मदन खनाललाई ज्ञापन पत्र लेख्न लगाएको भन्दै अलोचना भएको हो । नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँड, छायाँ श्रममन्त्री डा.संग्रौला, नेपाली कांग्रेस निकटका वैदेशिक रोजगार व्यवसायी विमल ढकाल, राष्ट्रिय सभामा नेपाली कांग्रेसकी सचेतक सरिता प्रसाइँ, सांसद बद्री पाण्डेसहितका नेताहरूबीच अनौपचारिक कुराकानीका क्रममा डा.संग्रौलाले कम्युनिस्ट पत्रकारहरूलाई ज्ञापन पत्र लेख्न लगाएको भन्दै आलोचना भएको थियो । नेतृ डा.संग्रौलाले सो विषयमा कुनै पनि जवाफ दिन सकेकी थिइनन् । प्रत्यक्षदर्शी एक जना नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् सांसदका अनुसार डा.संग्रौलालाई भविष्यमा विचार गरेर जिम्मेवारी पूरा गर्न प्रमुख सचेतक खाँणले निर्देशन दिएका छन् । नेपाली कांग्रेसकी नेतृ डा.संग्रौलाले ज्ञपान पत्र लेख्न लगाएका पत्रकार गोपाल संग्रौला एमाले निकटका पत्रकारहरूको संस्था प्रेस चौतारीका नेता हुन् । अर्का पत्रकार मदन खनाल पूर्वश्रममन्त्री गोकर्ण विष्टका प्रेस सल्लाहकार हुन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, पौष ७ २०७६०१:१७:०४
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend