आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

कांग्रेस युबा नेता गगन थापाले गरे कालीगण्डकी–७ लाई एम्बुलेन्स हस्तान्तरण

कांग्रेस युबा नेता गगन थापाले गरे कालीगण्डकी–७ लाई एम्बुलेन्स हस्तान्तरण

  • सोमवार, पौष ७ २०७६

  • 9.3K
    SHARES

  • काठमाडौं - नेपाली कांग्रेसका युवा नेता एवम् प्रतिनिधि सभाका सांसद गगन थापाले गुल्मी जिल्लाको कालीगण्डकी गाउँपालिका वडा नम्बर ७ लाई एम्बुलेन्स हस्तान्तरण गरेका छन् । ‘पण्डित वेणी माधव पौडेल प्रतिष्ठान’ले उपलब्ध गराएको एम्बुलेन्सलाई नेपाली कांग्रेसका युवा नेता थापाले काठमाडौंमा सोमबार आयोजित विशेष कार्यक्रम एम्बुलेन्स हस्तान्तरण गरेका हुन् । नेपाली कांग्रेसका नेता थापाले वडा नम्बर ७ का वडाध्यक्ष लोकप्रताप शाहलाई एम्बुलेन्सको चाबी हस्तान्तरण गरेका थिए । नेपाली कांग्रेसका नेता स्व.गिरिजाप्रसाद कोइरालाको निजी सहयोगीका रुपमा लामो समय काम गरेका गोकर्ण पौडेलले गाउँपालिकाको वडा नम्बर ७ लाई प्रतिष्ठानमार्फत एम्बुलेन्स उपलब्ध गराएको बताए । कार्यक्रममा युवा नेता थापाले एम्बुलेन्सलाई सकेसम्म न्युनतम शुल्क लिएर सेवा दिन सुझाव दिए । ‘एम्बुलेन्स चलाउन शुल्क उठाउनुपर्छ । शुल्क उठाउँदा सेवाग्राहीलाई भार पार्नु हुँदैन’, उनले भने, ‘एम्बुलेन्सको मर्मत सम्भार, चालकको तलबलगायतका विषयमा पनि एम्बुलेन्सको शुल्कले व्यवस्था मिलाउनुपर्छ ।’

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, पौष ७ २०७६१०:४८:१९
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend