आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

कम्युनिस्ट शासनमा बढ्यो असुरक्षा, बिहानैदेखि ‘बम’को त्रास !

कम्युनिस्ट शासनमा बढ्यो असुरक्षा, बिहानैदेखि ‘बम’को त्रास !

  • सोमवार, पौष ७ २०७६

  • 5.2K
    SHARES

  • काठमाडौं – कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले शासन गरिरहेका बेला देशमा असुरक्षा बढेको छ । केही दिनअघि जनकपुरमा बम विस्फोटबाट प्रहरी निरीक्षकसहित तीन जनाको मृत्यु भएको घटना सेलाउन नपाउँदै सोमबार बिहान जनकपुरमा शंकास्पद वस्तु भेटिएपछि बम हुनसक्ने भन्दै त्रास फैलिएको छ । जनकपुरधामको तिरहुतिया बजारको बीच सडकमा शंकास्पद वस्तु भेटिएको छ । शंकास्पद वस्तुका कारण सडकमा आवतजावत रोकिएको छ भने सर्वसाधारण त्रसित बनेका छन् । जनकपुरको संघीय प्रहरी इकाई कार्यालयभन्दा करीब ५० मिटर दुरीमा रहेको बजार छेउमा शंकास्पद वस्तु भेटिएको छ । बोरामा बेरिएको अवस्थामा शंकास्पद वस्तु भेटिएपछि बिहानैदेखि आवागमन ठप्प भएको छ । शंकास्पद वस्तुलाई डिस्पोज गर्नका लागि नेपाली सेनाको बम डिस्पोजल टोलीले प्रयास गरिरहेको छ । बमबाटै तीन जनाको मृत्यु भएको घटना ताजै भएकाले सर्वसाधारण झन् डराएका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, पौष ७ २०७६०३:१०:००
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend