शनिवार, आश्विन २४ २०८३Oct 10 2026

Logo
images images

पशुपतिको सुनको जलहरीबारे महालेखाले के भनेको थियो ?

पशुपतिको सुनको जलहरीबारे महालेखाले के भनेको थियो ?

  • मिडिया डबली
  • शुक्रवार, जेठ १२ २०८०

  • 23.8K
    SHARES

  • पशुपतिको सुनको जलहरीबारे महालेखाले के भनेको थियो ?

    काठमाडौं - प्रमुख प्रतिपक्षी दल एमालेले प्रतिनिधिसभा बैठक अवरोध गरेको छ ।

    माओवादी सांसद राजन दाहालले बुधबारको संसद् बैठकमा एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्री हुँदा व्यापक भ्रष्टाचार भएको, पशुपतिमा सुनको जलहरी राख्ने भनेर पित्तलको राखेर भ्रष्टाचार गरेको आरोप लगाएका थिए ।

    सोही अभिव्यक्तिलाई लिएर एमालेले शुक्रबार संसद् बैठक चल्न दिएको छैन । नाराबाजी गरेको छ ।

    तत्कालीन प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारले पशुपतिमा सुनको जलहरी राख्दा करोडौँ रुपैयाँ बराबरको सुन हराएको महालेखापरीक्षकको प्रतिवेदनले आशंका गरेको थियो।

    कार्यालयले सार्वजनिक गरेको ५९औँ वार्षिक प्रतिवेदनमा पशुपतिमा सुनको जलहरी राख्दा १० किलो सुन हिनामिना भएको उल्लेख गरिएको थियो।

    जलहरीमा लगाइएको रिङ बनाउन सुन प्रयोग भएरनभएको पुष्टि हुने कुनै कागजात पशुपति क्षेत्र विकास कोषबाट पेस नभएको महालेखाको प्रतिवेदनले भनेको थियो।

    बाँकी १० किलोभन्दा बढी सुनबाट रिङ बनेको बिल पेस नभएको प्रतिवेदनमा उल्लेख थियो। सुनको जलहरी बनाउँदा कालिगडलाई लागेको खर्चको विवरणसमेत पेस नभएको महालेखाले जनाएको थियो।

    सुन खरिदमा ८० करोड रुपैयाँ लागेको देखिए पनि त्यो सुनबाट बनाइएको जलहरी निर्माण कार्यका लागि दाताबाट व्यहोरेको रकमको हिसाब लेखांकन गरिएको थिएन।

    तर यसप्रति भने एमाले सांसदहरूले चासो देखाएका छैनन् । जबकि पशुपतिको सुनको जलहरीबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत छानबिन गर्दैछ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, जेठ १२ २०८००२:४५:२६
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend