काठमाडौं– नेकपा एमालेका सांसद लक्ष्मी महतो कोइरी निलम्बित भएका छन्। संसद् सचिवालयले मंगलबार निलम्बन गरिएको संसद् सचिवालयले जनाएको छ। मोहत्तरी–१ बाट निर्वाचित कोइरी शशस्त्र प्रहरीका असई थमन विकको हत्या गरेको आरोप छ।
उच्च अदालत जनकपुरले २०७२ भदौ २५ गते कोइरीलाई थुनामा राख्न आदेश दिएको थियो। त्यसयता उनी फरार छन्। कोइरीको खोजीका लागि सहयोग माग्दै प्रहरी प्रधान कार्यालयले संसद् सचिवालाई २ पटक पत्र समेत लेखेको छ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।