काठमाडौं - नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै ठगी गर्ने एमाले नेता पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा दाङ घर भएका सन्देश शर्मा रहेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।
यसअघि ललितपुर महानगरपालिका–२३ घर भई हाल ललितपुरको महालक्ष्मी नगरपालिका–४, सीतापाखा बस्दै आएका ५० वर्षीय सानु भण्डारी, मोरङको पथरी शनिश्चरे नगरपालिका–१० घर भइ ललितपुरको धापाखेल बस्दै आएका ४९ वर्षीय केशवप्रसाद दुलाल र पाँचथरको फिदिम नगरपालिका–७ घर भई ललितपुरको धापाखेल नै बस्दै आएका ४५ वर्षीय टंककुमार गुरुङ पक्राउ परेका थिए ।
तर शर्मा भने फरार थिए। शर्मा एमाले निकट विद्यार्थी नेतासमेत हुन्। एक वर्षअघि उनी पक्राउ परेलगत्तै छुटेका थिए। शर्माकै योजनामा दाङका मात्रै ८१ जना नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर विदेश पठाउन लागेको खुलेको छ।
उजुरी दिएकामध्ये ८१ जना दाङका रहेको पाइएको छ। शर्माले रकम उठाउने र शक्तिकेन्द्रसम्म पुर्याउने गरेको खुलेको छ। उनको एमाले नेता टोपबहादुर रायमाझी र रामबहादुर थापा बादलसँग राम्रो सम्बन्ध रहेको बुझिएको छ । सोही कारण यो काण्डमा बादल र रायमाझीमाथि पनि अनुसन्धान हुने भएको छ ।

मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।