शनिवार, आश्विन २४ २०८३Oct 10 2026

Logo
images images

स्वास्थ्यमन्त्रीको भाउ २ करोड, अरुको कति? 

स्वास्थ्यमन्त्रीको भाउ २ करोड, अरुको कति? 

  • मिडिया डबली
  • सोमवार, चैत्र २७ २०७९

  • 2.3K
    SHARES

  • स्वास्थ्यमन्त्रीको भाउ २ करोड, अरुको कति? 

    काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसद ऋषिकेश पोखरेलले ‘स्वास्थ्यमन्त्रीको भाउ दुई करोड रहेछ’ भनी टिप्पणी गरेका छन् ।

    सोमबार प्रतिनिधिसभाको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा. ढाकाकुमार श्रेष्ठको अडियो प्रकरणबारे उनले भने, ‘स्वास्थ्यमन्त्रीको भाउ दुई करोड रहेछ । अरु अरु मालदार मन्त्रीहरुको कति होला?’

    सांसद श्रेष्ठले स्वास्थ्यमन्त्री बन्नका लागि सभापति रवि लामिछाने नजिकको मान्छेले २ करोड माग गरेको भन्दै व्यवसायी दुर्गा प्रसाईंसँग सहयोग मागेको अडियो आइतबार सार्वजनिक भएको थियो ।

    ‘एउटा त एक्पोज भयो । एउटा भ्रष्ट मानसिकताले समाज विक्षिप्त बनायो । जनतामा निराशा र चरम अविश्वास पैदा गरायो’ उनले भने, ‘दल र तिनका नेताहरुप्रति सामाजिक रुपमै बहिष्करण हुनसक्ने अवस्थाको सिर्जना गरायो ।’

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, चैत्र २७ २०७९०५:२०:३४
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend