काठमाडौं - २०२८ को झापा विद्रोहका योद्धा नरेश खरेल एमाले अध्यक्ष केपी ओलीका सहयात्री हुन् । एमालेका केन्द्रीय सल्लाहकार एवं पूर्व पोलिटव्युरो सदस्यसमेत रहेका खरेलले पार्टी परित्याग गरेका छन्।
सोमबार झापाको बिर्तामोडमा पत्रकार सम्मेलनको आयोजना गरेर उनले एमाले परित्याग गरेको घोषणा गरेका हुन् । एमालेले नेपालमा समृद्धि ल्याउन नसक्ने दावी गर्दै उनले पार्टी परित्याग गरेका हुन् ।
‘जनताको मुक्तिका लागि एमालेले नसक्ने भएपछि पार्टी छोड्न बाध्य भएका हौँ,’ उनले भने । पार्टीमा स्वेच्छाचारी प्रवृत्तिको सुधारका लागि आफूलगायत अन्य कार्यकर्ताबाट अनेकौँ प्रयास गरिए पनि आफूहरूलाई केपी ओलीले तिरस्कार गरेको खरेलले आरोप लगाए ।
एमाले छाडेपछि अर्को वामपन्थीमा समावेश हुने सम्भावना रहेको उनले बताए। स्रोतका अनुसार उनी माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादीमा प्रवेश गर्ने भएका छन् ।
हालै मात्र एकीकृत समाजवादीका नेता मुकुन्द न्यौपाने, केदार न्यौपाने र चुडामणि जंगलीले पार्टी छाडेका थिए । उनीहरू एमालेमा जाने तयारीमा छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।