काठमाडौं - पाटन संयुक्त क्याम्पसको स्ववियु सभापतिमा नेविसंघका बागी उम्मेदवार सुशील विष्ट विजयी भएका छन् ।
उनले नेविसंघका आधिकारिक उम्मेदवा युवराज थिङ, एमाले अखिल, माओवादी अखिलका उम्मेदवारलाई पराजित गरे ।
नेविसंघ अध्यक्ष दुजाङ शेर्पाले थिङलाई स्ववियु सभापतिको टिकट दिएपछि विष्टले स्वतन्त्र उम्मेदवारी दिएका थिए । नेविसंघका इकाइ उपाध्यक्षसमेत रहेका विष्टले स्वतन्त्र उम्मेदवारी दिएका थिए ।
पाटनमा नेविसंघकै आन्तरिक विवादका कारण चैत ५ गतेका लागि तय भएको निर्वाचन रोकिएको थियो । केन्द्रीय अध्यक्ष शेर्पाले पाटनको स्ववियु सभापतिका लागि सुरूमा विष्टलाई नै टिकट दिएका थिए ।
पछि थिङलाई आधिकारिक उम्मेदवार भन्दै टिकट दिएपछि पाटनमा नेविसंघ दुई समूहमा विभाजन भएको थियो । विवाद समाधानका लागि पटक–पटक वार्ता गरिए पनि सहमति नजुटेपछि विष्टले स्वतन्त्र उम्मेदवारी दिएका थिए ।
शेर्पाका उम्मेदवार थिङले ३४६ मत मात्र प्राप्त गरे । बागी उम्मेदवार विष्ट ८४१ मत ल्याउँदै विजयी भएका हुन् । सभापति पदमा ६ जना प्रतिस्पर्धामा थिए ।
विष्टका प्रतिस्पर्धी अनेरास्ववियुका उम्मेदवार सुरेश जिसीले ६७२ मतमात्रै ल्याए । उनीहरूबीच १६९ मतान्तर रहेको छ । दुई हजार ६७९ मत खसेकोमा ६३७ मतसहित अखिल क्रान्तिकारीका वीरेन्द्र मगर तेस्रो भए ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।