काठमाडौं - विन्ध्यवासिनी म्युजिक प्रालिले यस वर्षको विन्ध्यवासिनी कला पत्रकारिता सम्मान चर्चित नरेश भट्टराईलाई प्रदान गर्ने भएको छ ।
‘बिन्ध्यबासीनी कला पत्रकारिता सम्मान २०७९’ पत्रकार नरेश भट्टराई प्रधान गर्ने भएको छ । विगत २५ वर्षदेखि विभिन्न सञ्चार गृहसँग आबद्ध रहेर गीत संगीत र स्रष्टा प्रवर्द्धन एवं विकासमा योगदान पुर्याएको भन्दै भट्टराईलाई सम्मान प्रदान गर्ने निर्णय भएको फाउन्डेसनकी अध्यक्ष लिना शर्मा रेग्मीले जानकारी दिइन् । कला पत्रकारिता सम्मान २५ हजार राशिको छ ।
नेपाली संगीत क्षेत्रको विकासका लागि २५ वर्षदेखि क्रियाशील विन्ध्यवासिनी म्युजिक प्रालिले १३ वर्षदेखि वार्षिक रूपमा विन्ध्यवासिनी म्युजिक अवार्ड गर्दै आइरहेको छ । निजी क्षेत्रबाट भएको यस्तो सम्मान नेपाली संगीतको इतिहासमै पहिलो भएको रेग्मीले बताइन् ।
यो पुरस्कारबाट यसअघि विदुर गिरी, नवराज लम्साल, कृष्ण भट्टराई, सुमन खरेल, डब्बु क्षेत्री, रमण घिमिरे, राजेश खनाल, अनन्त वाग्ले र श्याम स्मृत सम्मानित भइसकेका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।