काठमाडौं - नेपाली कांग्रेस केन्द्रीय कार्यालय सानेपामा नाराबाजी सुरु भएको छ ।
नेविसंघका असन्तुष्ट पक्षका नेता कार्यकर्ताले नेताहरूविरुद्ध नाराबाजी गर्न थालेका हुन् । कांग्रेसले बारा २ को उपनिर्वाचनमा उम्मेदवारी तथा सरकारमा जाने चार मन्त्रीको नाम टुंगो लगाउन केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ ।
सो बैठक सुरु हुनुअघि नेविसंघका नेता कार्यकर्ताले नाराबाजी गरेका हुन् । उनीहरूले नेविसंघका अध्यक्ष दुजाङ शेर्पालाई हटाउन माग गरेका छन् । अहिले सानेपामा नेविसंघको असन्तुष्ट पक्षले अनशन सुरु गरेका छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।