शनिवार, आश्विन २४ २०८३Oct 10 2026

Logo
images images

बागमतीमा आलोपालो मुख्यमन्त्री बन्नेबारे कांग्रेससँग छलफल नै गर्न चाहँदैनन् जम्कट्टेल

बागमतीमा आलोपालो मुख्यमन्त्री बन्नेबारे कांग्रेससँग छलफल नै गर्न चाहँदैनन् जम्कट्टेल

  • मिडिया डबली
  • मंगलवार, चैत्र १४ २०७९

  • 2.4K
    SHARES

  • बागमतीमा आलोपालो मुख्यमन्त्री बन्नेबारे कांग्रेससँग छलफल नै गर्न चाहँदैनन् जम्कट्टेल

    काठमाडौं - बागमती प्रदेशका आठवटा मन्त्रालयको जिम्मेवारी मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले निर्वाह गरिरहेका छन् ।

    तत्कालीन गठबन्धनमा रहेर सरकारमा गएको राप्रपाका तीन र एमालेका चार मन्त्रीहरुले राजीनामा दिएपछि रिक्त रहेको मन्त्रालयको जिम्मेवारी जम्मकट्टेलले नै सम्हालिरहेका छन् ।

    फागुन १३ गते राप्रपाका उद्धव थापा, राजु बिष्ट र डम्बर तामाङले सामूहिक राजीनामा दिएपछि एक महिनादेखि तीन मन्त्रालय रिक्त छ ।

    गत शुक्रबार एमालेका एकालाल श्रेष्ठ, केशवप्रसाद पोखरेल, रामेश्वर श्रेष्ठ र जगन्नाथ थपलिया पनि सरकारबाट बाहिरिएपछि मुख्यमन्त्री कार्यालयसहित सात मन्त्रालयको जिम्मा जम्मकट्टेलको काँधमा आइलागेको हो ।

    ११ मन्त्रालय रहेको बागमतीमा हाल माओवादीका मुख्यमन्त्रीसहित चार मन्त्रालयमा मात्रै मन्त्रीहरु छन् । यसरी मन्त्रालय मन्त्रीविहीन हुँदा कामकाजमा समस्या हुने गरेको छ ।

    केन्द्रीय समीकरणले गर्दा सत्तामा फेरबदल आएको र यसले थप समस्या उल्झाएको बताउँदै अबको केही दिनभित्रै रिक्त मन्त्रालयले पूर्णता पाउने जम्कट्टेलको दाबी छ । तर अहिलेसम्म सरकारलाई पूर्णता िदिनेबारे उनले नेपाली कांग्रेस र एकीकृत समाजवादीसँग छलफल नै थालेका छैनन् ।

    माघ ११ गते पूर्णता पाएको मन्त्रिपरिषद् एक महिना पनि नबित्दै भत्किएपछि संकटमा परेका मुख्यमन्त्री जम्मकट्टेलले दोस्रोपटक विश्वासको मत पाएका थिए ।

    सरकारको वैधानिकता कायमै राख्न नेपाली कांग्रेसले चुपचाप विश्वासको मत दिएको थियो । कांग्रेसले आधा आधा कार्यकाल सरकारको नेतृत्व बाँडफाँड गर्नुपर्ने दाबी गरेको छ ।

    तर, मुख्यमन्त्री जम्कट्टेल कांग्रेसको मागसँग सहमत छैनन् । उनी पाँचै वर्ष मुख्यमन्त्री बन्ने धूनमा छन् । जबकि बागमतीमा ३७ सांसदसहित कांग्रेस सबैभन्दा ठूलो पार्टी हो ।

    यदि कांग्रेसको मागमा मुख्यमन्त्री जम्कट्टेल सहमत हुन नसके कोर्ष चेन्ज गर्नुपर्ने नेताहरुको भनाइ छ । ११० सदस्यीय बागमती प्रदेश सभामा कांग्रेसको ३७, एमालेको २७, माओवादी २१, राप्रपा १३, एकीकृत समाजवादीको सात, नेपाल मजदुर किसान पार्टीको तीन र हाम्रो नेपाली पार्टीको दुई सांसद छन् ।

    कांग्रेसले चारवटा मन्त्रालय पाउने भएको छ । तर पार्टीबाट कसले नेतृत्व गर्ने भन्ने टुंगो लागेको छैन । कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता बहादुरसिंह लामा र उपनेता रामकृष्ण चित्रकारमध्ये एकजनाले नेतृत्व गर्ने बुझिएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, चैत्र १४ २०७९०४:३८:१५
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend