शनिवार, आश्विन २४ २०८३Oct 10 2026

Logo
images images

महोतरीमा ‘नेपाली कांग्रेस सहयात्रा जनजनकोलागि पदयात्रा’ आरम्भ

महोतरीमा ‘नेपाली कांग्रेस सहयात्रा जनजनकोलागि पदयात्रा’ आरम्भ

  • मिडिया डबली
  • शनिवार, चैत्र ११ २०७९

  • 2.7K
    SHARES

  • महोतरीमा ‘नेपाली कांग्रेस सहयात्रा जनजनकोलागि पदयात्रा’ आरम्भ

    महोतरी–नेपाली कांग्रेसको संगठन सुद्धिढिकरणकालागि महोतरीमा ‘नेपाली काग्रेसको सहयात्रा जनजनकोलागि पदयात्रा’ अभियान सुरु गरेको छ । नेपाली काग्रेसका महोतरी सभापति नागेश्वर यादवको नेतृत्वमा ५० जना नेताहरु जिल्लाको १५ स्थानीय तहको १३२ गाउटोल जाने योजना सहित खयरमाराबाट पदयात्रा सुरु गरेको हो । संगठन सुद्धिढिकरणकालागि शनिबार देखि सुरु भएको पद यात्रा १५ दिन सम्म चल्ने सभापति यादवले बताए । खरमारमा पदयात्रीहरुलाई पार्टीका नेता कार्यकर्ताहरुले फुलमाला लगाएर बिदाइ गरेका छन् । 

    नेपाली काग्रेसका नेता बजरंग नेपालीले पार्टीका नेता कार्यकर्तामा उर्जा बढाउन, समन्वय–सहकार्य गरी नेता कार्यकर्ता तथा जनता बीच आत्त्मियाताकालागि पद यात्रा सुरु गरेको बताए । जिल्लाको १५ स्थानीय तहमा पुग्ने मार्ग र दिन निर्धारण गरी चैत्र ११ गते देखि सुरु भएको पद यात्रा २५ गते जलेश्वर पुगेर टुंगिने छ, नेता नेपालीले भने,‘ पद यात्रामा सहभागि  नेताहरुलाई हरेक वाडाका नेताहरुले आफनो वडामा संगै यात्रा गर्ने छन् ।’ मधेशमा बढदै गएको गर्मीलाई मध्यनजर गर्दै जिल्ला तहको पद यात्रा पछि निर्वाचन क्षेत्र, प्रदेश निर्वाचन क्षेत्र, स्थानीय तह र वडा तहसम्मका छुट्टाछुट्टै पदयात्र गरी महोतरीमा काग्रेसको संगठनलाई सक्रिय बनाउने योजना रहेको नेपालीले बताए ।  

    पदयात्रामा सहभागि नेता कार्यकर्तालाई शुभकामना दिंदै नेपाली काग्रेसका सहमहामन्त्री महेन्द्र यादवले महोतरीको अभियानले राजनीतिमा बढेको वैमनश्यता हटाएर काग्रेसले काग्रेसलाई र जनतालाई जोडने बताए । पदयात्राले राजनीतिमा काग्रेस र काग्रेसले नै मुलुक बनाउने सन्देश दिएको छ, सहमाहामन्त्री यादवले भने,‘पहाडको खैरमारा देखि मधेशको जलेश्वर सम्म पैदल यात्राको क्रममा संगै बस्ने, खाने र संगै रात बिताउदा आपसी सदभाव बढाउने छ ।

    फरक फरक ठाउका नेताहरुको १५ दिन सम्म संगैको बसाईले पार्टी भित्रको द्धन्द्ध समेत अन्तय हुने छ । यात्राले एकले अर्कालाई नजिक बाट बुझने र पार्टीको गतिविधि बढाउन सहयोग पुग्ग्ने छ ।’ महोतरीबाट सुरु भएको पद यात्रा मधेश प्रदेशको आठ वटै जिल्लामा सुरु गरी काग्रेसको गाउ तहको संगठन सक्रिय बनाउने यादवले बताए । महोतरीको पदयात्रा पछि सप्तरीको कोशि देखि पर्साको ठोरी सम्मको पदयात्राको तयारी गरिने यादवले बताए । 

    पदयात्रा आरम्भ कार्यक्रममा प्रदेश सांसदहरु शेषनरायण यादव, संजय महतो, कुम्मरकान्त झा, लोहारपट्टीका मेयर शैलेन्द्र यादव, मिथिला नगरपालिकाका मेयर महेन्द्र महतो लगायत धनुषा महोतरीका नेता तथा कार्यकर्ता सहभागि थिए ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend