शनिवार, आश्विन २४ २०८३Oct 10 2026

Logo
images images

दलहरूले हैसियतअनुसारको मन्त्रालय पाउने, तर नाम चलेका मन्त्रालयमै महाभारत

दलहरूले हैसियतअनुसारको मन्त्रालय पाउने, तर नाम चलेका मन्त्रालयमै महाभारत

  • मिडिया डबली
  • बुधवार, चैत्र ८ २०७९

  • 3.6K
    SHARES

  • दलहरूले हैसियतअनुसारको मन्त्रालय पाउने, तर नाम चलेका मन्त्रालयमै महाभारत

    काठमाडौं - प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई १० दलले विश्वासको मत दिएका छन् ।

    उनलाई केही स्वतन्त्र सांसदले पनि मत दिएका छन् । विश्वासको मत दिनेमध्ये राष्ट्रिय जनमोर्चाले सरकारमा नजाने घोषणा गरिसकेको छ ।

    तर एक सांसद रहेको प्रभु साहको आम जनता पार्टीले मन्त्रीमा दाबी गरेपछि ठूला दल आश्चर्यमा परेका छन् । त्यसमा पनि नागरिक उन्मुक्ति र जनमत पार्टीले दुई दुई मन्त्रालयमा दाबी गरेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई मन्त्रालय भागबन्डा मिलाउन महाभारत हुने भएको छ ।

    मन्त्रिपरिषद् प्रधानमन्त्रीसहित २५ सदस्यीय छ । संविधानमै २५ जना मन्त्रीभन्दा बढी बनाउन नपाइने उल्लेख छ । त्यही भएर प्रचण्ड भागबन्डा मिलाउन मन्त्रालय फुटाउने सोचमा पुगेका छन् ।

    यदि मन्त्रालय फुटाइएमा यो सरकार पनि आलोचित हुनेमा कुनै शंका छैन । प्रदेशमा मन्त्रालय मर्ज गर्ने तर केन्द्रमा बढाउने गर्दा सरकार र सत्तारुढ दलप्रति जनविश्वास गुम्ने खतरा छ ।

    माओवादी केन्द्रका महासचिव देव गुरुङले दलहरूले उनीहरूको हैसियतअनुसार मन्त्रालय पाउने बताएका छन् । चैत १० गतेअघि नै मन्त्रिपरिषद्लाई पूर्णता दिने र त्यहीअनुसार प्रचण्डले तयारी गरिरहेको उनको सचिवालयले जनाएको छ ।

    सचिवालयकाअनुसार प्रधानमन्त्री प्रचण्डले कुन दलले कति मन्त्रालय पाउने भन्नेबारे प्रारम्भिक खाकासमेत तयार गरेका छन् ।

    जसअनुसार गठबन्धनको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले आठ मन्त्रालय पाउनेछ । तर कांग्रेस नेताहरूले आफूहरूले नौ मन्त्रालय पाउनुपर्ने बताइरहेका छन् ।

    कांग्रेससँग ८७ सांसद छन् । सरकारको नेतृत्व गरिरहेको माओवादीले पाँच मन्त्रालय लिने भएको छ । तर प्रधानमन्त्रीसमेत पाइसकेकाले माओवादीलाई चारवटा मन्त्रालय दिनुपर्ने नेताहरुको भनाइ छ ।

    राष्ट्रिय स्वतन्त्र पार्टीलाई तीन मन्त्रालय दिने तयारी प्रधानमन्त्रीको छ । उसको दाबी भने चारवटा छ । गठबन्धनको चौथो र पाँचौ दल जनता समाजवादी पार्टी र एकीकृत समाजवादीलाई क्रमशः दुई दुई मन्त्रालय दिने प्रारम्भिक खाकामा उल्लेख छ ।

    यद्यपि उनीहरूको दाबी भने चार चारवटा हो । प्रमुख भागबन्डाहरूमा आफू छुटेको उल्लेख गर्दै एकीकृत समाजवादीले गृह मन्त्रालयको दाबी पेश गरेको छ ।

    एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेले भनेका छन्, ‘सबै प्रमुख पदहरूमा अरु दलहरूबाट पूर्ति भएको छ भने हामीले केही पाएका छैनौँ । मन्त्रालय रोज्ने क्रममा अब हामी पहिलो नम्बरमा पर्नुपर्छ,’ उनले भने, ‘हामीले गृह, अर्थ र ऊर्जा पाउनुपर्छ ।’

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend